७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

ताप्ली अध्यक्ष कप भलिबल उपाधि दमकको पोल्टामा

विजेता समूहका खेलाडीसँग गाउँपालिका अध्यक्ष विक र उपाध्यक्ष मगर। तस्बिरः महेश्वर

उदयपुरको बिकट पहाडी गाउँपालिका ताप्लीमा सम्पन्न ‘अन्तर गाउँपालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता ०८०’को उपाधि झापाको दमक नगपालिकाले चुमेको छ। ३ दिनअघि सुरु भएर बुधबार साँझ सम्पन्न फाइनल खेलमा दमकले घरेलु टिम ताप्लीलाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो।

गाउँपालिका केन्द्र ५ नं. वडा रुपाटारस्थित सुनकोसी युवा क्लबको खेल मैदानमा सञ्चालित प्रतियोगितामा दोस्रो स्थान आयोजकले लिएको छ भने खोटाङको हलेसी तुवाचुङ नगरपालिका तेस्रो भएको छ। विजेता दमकले पुरस्कारवापत सिल्ड र प्रमाणपत्रसँगै १ लाख ५१ हजार १ सय ११ रुपैँया नगद प्राप्त गरेको छ। त्यस्तै उपविजेता घरेलु टिम ताप्लीले १ लाख १ हजार १ सय ११ पाउँदा तृतीय स्थान पाउने हलेसी तुवाचुङलाई ५१ हजार १ सय ११ हजार नगदसहित पुरस्कार प्रदान गरिएको छ।

गाउँपालिकाको प्रायोजन र गाउँ युवा तथा खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई गाउँपालिका अध्यक्ष ढुंगराज विक, उपाध्यक्ष धना मगर र प्रमुख प्रशासकीय अधिकृत भक्त राईले नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे। ताप्लीको खेलकुद इतिहासमा यो सबभन्दा ठूलो धनराशीको प्रतियोगिता भएको आयोजक गाउँ युवा तथा खेलकुद विकास समितिका अध्यक्ष शैलेन्द्र राईले बताए। उनका अनुसार प्रतियोगितामा झापाको दमक र खोटाङको हलेसी तुवाचुङसँगै उदयपुरको त्रियुगा नगरपालिका तथा आयोजक गाउँपालिका ताप्लीका विभिन्न वडाका ३ समूहको सहभागिता थियो।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विकले वर्षायाम सुरु भइसकेकाले बद्लिदो मौसम, कृषि कर्ममा व्यस्त हुनु पर्ने साथै सडक पहुँचको समस्याले गर्दा प्रतियोगितामा अपेक्षाकृत सहभागी टिम कम भएको बताए।  

प्रकाशित: ३२ जेष्ठ २०८० ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App