२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रदीप,आर्यन,अभिषेक र प्रणव सेमिफाइनलमा

प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा  सेमिफाइनलमा प्रवेश गरेका छन्।

आज प्रदीपले आरभसम्राट हाडालाई ७–६, १–६ र ६–३, आर्यनले आयुशमान हजुर घलेलाई ६–१, ६–७ र ६–१, अभिषेक बाँस्तोलाले निशान श्रेष्ठलाई ६–१ र ६–० तथा प्रणवले अकी जुवेन रावतलाई ७–६, ६–७ र ६–४ को सेटमा पराजित गरे। प्रदीप र अभिषेक चीनको होङझावमा हुने एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए। उनले फाइनलमा मनोज राणालाई ७–६ ९४० र ६–३ ले हराए।  यु–१० गल्र्स सिंगल्स फाइनलमा अनुश्री धोजुले जेनिशा ज्ञवालीलाई ६–२, ४–६ र १०–६ ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन्।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल साइ÷गोपी भट्टराई तथा जितेन्द्र परियार÷महेश श्रेष्ठको जोडी फाइनलमा भिड्ने भएका छन्। ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही÷डेगेन्द्र श्रेष्ठ तथा मोहम्मद युनुस÷अन्वर अलीको जोडीले स्वर्ण भिडन्त पक्का गरे। ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले फाइनल यात्रा तय गरे।

यु–९ सिंगल्सको ब्वाइज अर्याशराज पौडेल र र निश्चल ज्ञवाली तथा गल्र्समा सरा पन्त र थैय श्रेष्ठले फाइनलमा स्थान पक्का गरे। यु–१२ सिंगल्सको ब्वाइज असभसम्राट हाडा र हभिस वंशल तथा गल्र्समा साल्भी शेरचन र आयुश जिसीले फाइनलमा स्थान पक्का गरे। 

यु–१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र वृजेश अर्याल सेमिफाइनलमा पुग्न सफल भए। सो स्पर्धाको गल्र्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर, समृद्धि महर्जन र स्वस्तिका विष्ट सेमिफाइनलमा पुगे। 

यु–१६ ब्वाइज सिंगल्समा वृजेश अर्याल, राजवीर प्रधान, आयुशमान हजुर घले र शंकर हैसनान्ले सेमिफाइनलमा स्थान पक्का गरे। उक्त स्पर्धाको गल्र्समा प्राज्ना मानन्धर, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

प्रकाशित: ३१ जेष्ठ २०८० १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App