२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सुनिरा र अभिलाषा सेमिफाइनलमा

सुनिरा थापा र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा  सेमिफाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा आज सुनिराले रायना शाहलाई ६–३ र ६–२ तथा अभिलाषाले प्रशंसा मोक्तानलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे। प्रकृति श्रेष्ठ र शुभाङ्गीलक्ष्मी शाह पनि सेमिफाइनलमा पुगे। ६–० ले अगाडि रहेको अवस्थामा प्रतिद्वन्द्वी गंगा शर्मा रिटायर्ड हर्ट भएपछि प्रकृति विजेता घोषित भइन्। शुभाङ्गीले आइसा डोल्कर गुरुङलाई ६–४, २–६ र ६–२ ले हराइन्।

पुरुष सिंगल्समा प्रदीप खड्काले निहालजंग बहादुर थापालाई ६–१ र ६–२, आरभसम्राट हाडाले राजवीर प्रधानलाई ७–५ र ७–५, आर्यन गिरीले प्रणव मानन्धरलाई ३–६, ६–३ र ६–३, आयुशमान हजुर घलेले साहिल थापालाई ६–० र ६–१, निशान श्रेष्ठले अभिनव आचार्यलाई ६–० र ६–१, अभिषेक बाँस्तोलाले सक्षमविक्रम शाहलाई ६–० र ६–०, अकी जुवेन रावतले प्रीतम परियारलाई ६–० र ६–२ तथा प्रणव खनालले सौगात विकलाई ६–० र ६–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा आर्याशराज पौडेलले विश्वविशेष डल्लाकोटीलाई ७–६ ९२० र ६–४ तथा निश्चल ज्ञवालीले सुजन कुइकेललाई ६–३ र ६–३ ले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे।

यु–९ ब्वाइज सिंगल्समा संघर्ष फोडार, आर्याशराज पौडेल, निश्चल ज्ञवाली र इभान भट्टराई सेमिफाइनलमा पुगे। सो स्पर्धाको गल्र्समा सरा पन्त, जीवाश्री भट्टराई, निम्ति कुँवर र थिअ श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए। यु–१२ ब्वाइज सिंगल्समा अशभसम्राट हाडा, सानोवाज हुसैन र हभिस वंशलले सेमिफाइनल यात्रा तय गरे। उक्त स्पर्धाको गल्र्समा साल्भी शेरचन र आयुशा जिसी सेमिफाइनलमा पुगे।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, प्रवेश पन्त, अनिल साइ, सन्तोष खत्री, सिमान्त गुरुङ, दावा सोनाम श्रेष्ठ, छेवाङ लामा र जितेन्द्र परियारले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे। ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, महेश श्रेष्ठ, मानबहादुर कटुवाल र मोहम्मद युनुस विजयी भए।

प्रकाशित: ३० जेष्ठ २०८० १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App