७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सद्भावको एकल अग्रता

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बिहीबार एकल अग्रता लिएका छन्।

बुधबार ३६ होलको समाप्तिमा युवा गल्फरद्वय सद्भाव र सुवास तामाङले संयुक्त रूपमा अग्रता बनाएका थिए। यद्यपि, तेस्रो दिन भने सद्भावले १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवासलाई दुई स्ट्रोकले पछि पार्दै एकल अग्रता लिएका हुन्। ५४ होलको खेल सकिँदा राष्ट्रिय टोलीका सदस्यद्वय सद्भावले कुल १६ अन्डर २ सय स्कोर र सुवासले कुल १४ अन्डर २ सय २ स्कोर बटुले। पार–७२ को गोकर्ण गल्फ क्लबमा सद्भावले बिहीबार सात अन्डर ६५ को कार्ड बटुलेपछि एकल अग्रता बनाएका हुन्।

सुवासले भने पाँच अन्डर ६७ को प्रदर्शन गरे। सूर्य नेपाल गल्फ टुर २०२२/०२३ को अन्तिम तथा आठौं प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फमा च्याम्पियनसिमा प्रोफेसनल गल्फर नीरज तामाङले कुल आठ अन्डर बटुल्दै तेस्रो स्थान ओगटेका छन्। तेस्रो दिन उनको दुई अन्डरको प्रदर्शन रह्यो। उनीभन्दा एक स्ट्रोकले पछि रहेका अर्का प्रो गल्फर शुक्रबहादुर राई चौथोमा छन्। डिफेन्डिङ च्याम्पियन शुक्रले बिहीबार एक अन्डरको प्रदर्शन गरे। दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्त रूपमा पाँचौं स्थानमा छन्।

एमेच्योरतर्फ तेस्रो स्थानका लागि वाङचेन धोन्डुप फराकिलो अन्तरले पछि छन्। उनी कुल तीन ओभर २१९ को कार्डमा छन्। उनले तेस्रो दिन प्रो गल्फर टंकबहादुर कार्कीसँग समान चार अन्डर ६८ को प्रदर्शन गरे। प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने गल्फरले क्रमशः दुई लाख ७० हजार, एक लाख ७० हजार र एक लाख २० हजार पाउनेछन्। प्रतियोगितामा शीर्ष २१ भित्र रहने प्रो. गल्फरले नगद पुरस्कार पाउनेछन्।  

प्रकाशित: २६ जेष्ठ २०८० ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App