काठमाडाैं– फिफा बरियतामा नेपाल जहाँकाे त्यही कामय रहेकाे रहेकाे छ । नेपाल १७० अाैं स्थानमा छ । तर, भूटानले भने नेपाललार्इ उछिनेकाे छ ।
भुटान १३ स्थानमाथि उक्लिएर १६४ औं स्थानमा आइपुगेको छ ।
फिफाले बिहीबार सार्बजनिक गरेकाे बरियताअनुसार भारतले भने ठूलै फड्काे मारेकाे छ । बरियतामा भारत ३१ स्थानमाथि उक्लिएर १०१ औं स्थानमा पुगेकाे छ ।
अफगानिस्तान ३ स्थान माथि उक्लिँदै १५३ औं स्थानमा पुगेकाे छ । बंगलादेश १९३ अाैं स्थानमा छ भने श्रीलंका १९७ औं स्थानमा छ ।
पाकिस्तान ३ स्थान तल झरेर २०१ औं स्थानमा पुगेकाे छ ।
सार्क देशहरू मध्ये माल्दिभ्स भने ११ स्थान तल खस्किएर १५३ अाैं स्थानमा पुगेकाे छ ।
प्रकाशित: २४ चैत्र २०७३ ०९:२६ बिहीबार