१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

शुक्रबारदेखि कुराँश प्रतियोगिता

दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ। नेपाल कुराँश संघको आयोजनामा आगामी जेठ २६ देखि २८ गतेसम्म दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिता कोसी प्रदेशस्थित सुनसरीको धरानमा हुँदै छ। पुरुष र महिला दुवैमा जुनियर र सिनियर गरी कुल चार विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिए। अन्तर्राष्ट्रिय कुराँश महासंघका कार्यवाहक टेक्निकल डाइरेक्टर रवि कपुर प्राविधिक सहयोग र प्रतियोगिता अवलोकन गर्न नेपाल आउने संघले जानकारी दिएको छ। महिला जुनियरतर्पm ३६ केजीमुनि, ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि र ६३ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।

महिलाकै सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। पुरुष जुनियरमा भने सात तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ। जसअन्तर्गत २५ केजीमुनि, ३० केजीमुनी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ५० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। पुरुषको सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २३ जेष्ठ २०८० ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App