१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कर्णाली र बाग्मतीलाई रग्बी उपाधि

कर्णाली प्रदेश र बाग्मती प्रदेशले आइतबार बाग्मती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि जितेका छन्।

कर्णाली पुरुष तथा बागमती महिलामा च्याम्पियन बने। भक्तपुरको सानो थिमी मैदानमा भएको पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५–० स्कोरले पराजित गर्‍यो। निर्धारित १४ मिनेटको खेल १४–१४ स्कोरको बराबरीमा टुंगिएको थियो।

प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बाग्मतीले आर्मीलाई २१–५ स्कोरले हरायो। दुवै समूहका विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार हात पारे।

कर्णाली प्रदेश र बाग्मती प्रदेशले आइतबार बाग्मती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि जितेका छन्।

पुरुषमा कर्णालीका निरोज कार्की तथा महिलामा बाग्मतीकी सिर्जना राई उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्टद्वयले जनही ५ हजार नगद पुरस्कार पाए। विजेतालाई मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशका सदस्य हिक्मत थपलियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

पुरुषमा कर्णालीका निरोज कार्की तथा महिलामा बाग्मतीकी सिर्जना राई उत्कृष्ट खेलाडी घोषित भए।

पुरुष/महिलामा समान ७–७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। यसै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिनेछ।

प्रकाशित: २२ जेष्ठ २०८० ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App