९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय रग्बी सेभेन्स भोलि देखि

वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा वागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

राधानीमा आज आयोजक नेपाल रग्बी संघले पत्रकार सम्मेलन गरेर शनिवार र आईतवार हुने दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। प्रतियोगिता भक्तपुरस्थित मध्यपुर युथ क्लवको खेल मैदानमा आयोजना हुनेछ।

प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउने छन्। प्रतियोगितामा नेपालमा रहेका सातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेस प्रदेश, वागमती  प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता  र ३ वटा विभागिय टिमहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस र नेपाल एपीएफ क्लवले सहभागी हुनेछन्। तर, पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लव सहभागी हुने छैनन्।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन्। प्रतियोगिताबाट नेपाल रग्वी संघले कतारमा संचालन हुन गइरहेको एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एशियन गेम्स–२०२२ का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ।  

प्रकाशित: १९ जेष्ठ २०८० ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App