१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

साग पदकधारी शिवांगी दुवेले यात्रा अनुमति पत्र पाईन

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कुस्तीमा रजत पदक जितेकी शिवांगी दुवेले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट)पाएकी छिन।

प्राविधिक कारणले शिवांगीले नेपाली नागरिकता पाउन कठिनाइ हुँदा राहदानी बनाउन समस्या भई अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत वञ्चित हुनु पर्ने अवस्थालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रलाई पदक दिलाएकी  र भविष्यमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै सफलता दिलाउन सक्ने सम्भावना भएकी शिवांगीको खेल यात्रालाई सहज बनाउन यात्रा अनुमति पत्रका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत पहल गरेको थियो।

डडेल्धुरामा जन्मेकी १९ वर्षीया शिवांगीको नागरिकता र राहदानीका लागि राष्ट्रिय खेलकुद परिषद्ले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिवांगीको यात्रा अनुमति पत्र प्रदान गर्न भूमिका खेल्नु हुने सम्बन्धित सम्पूर्णमा हार्दिक आभारव्यक्त गरेको छ। 

प्रकाशित: १७ जेष्ठ २०८० १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App