४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

टेबल टेनिसमा नेपाललाई स्वर्ण

नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ। नेपालले यु–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिए।

भारतको अरूणाचल प्रदेशस्थित इटानगरमा जारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउन्ड रोबिन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो। सो स्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। नेपालले बंगलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो। श्रीलंकासंग भने नेपाल ३–१ ले चुक्यो। नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए।  

प्रकाशित: २ जेष्ठ २०८० ०१:५६ मंगलबार

टेबल टेनिसमा नेपाललाई स्वर्ण