७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

ग्रिनल्यान्ड र भ्याली पब्लिक फाइनलमा

ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्।

बसुन्धरास्थित आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा जारी भइरहेको प्रतियोगिताको थ्री बाइ थ्री प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २१–६ तथा भ्याली पब्लिकले एचएचसिएलाई ११–५ ले पराजित गरे। सिनियर गल्र्समा भ्याली पब्लिक र पृथ्वीले उपाधि भिडन्त पक्का गरे। भ्याली पब्लिकले फेरिल्यान्डलाई ३०–१४ ले पराजित ग¥यो। भ्याली पब्लिकको जितमा मुस्कान गुरुङले १० अंक योगदान गरिन्। बबिता घिमिरेको १३ अंक मद्दतमा पृथ्वीले एचएचसिएलाई २४–१७ ले हरायो।

एन्जल्स हार्ट र गोल्डेनपिक जुनियर ब्वाइजको उपाधिका लागि भिड्ने भएका छन्। एन्जल्स हार्टले आयोजक बिएनएलाई २१–१४ ले पाखा लगायो। एन्जल्स हार्टका रूपेश पौडेलले १३ स्कोर गरे। स्किब्सविरुद्ध खेलमा गोल्डेनपिक २३–१५ ले विजयी भयो। गोल्डेनपिकका अमन गुरुङले ९ अंक जोडे। तीनै स्पर्धाको फाइनल मंगलबार हुनेछ।

 

प्रकाशित: २ जेष्ठ २०८० ०१:५४ मंगलबार

ग्रनल्यान्ड र भ्याली पब्लिक फाइनलमा