आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आज क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बसुन्धरास्थित आफ्नै कोर्टमा बीएनएले काठमाडौं ग्लोबललाई १९–१४ ले पराजित गर्दै समूह ए को विजेता बन्यो।
सिनियर गल्र्समै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले स्किब्सलाई २०–१२ तथा एचएचसीएले बेल मोन्टलाई २९–१४ ले हराए।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले सेबलाई २०–१०, गोल्डेनपिकले पारामाउन्टलाई २२–७, ओडिसीले ग्रिनल्यान्डलाई १७–१४ र स्किब्सले एचएचसीएलाई १९–१० ले पाखा लगाए।सिनियर ब्वाइजको थ्री बाइ थ्रीको एक मात्र प्रतिस्पर्धामा ओडिसीले काठमाडौं ग्लोबलमाथि १३–८ को जित दर्ता गर्यो ।
प्रकाशित: २८ वैशाख २०८० १३:२७ बिहीबार