राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कारबापतको रकम बिहीबार खेलाडीको खातामा पठाएको छ।
राखेपले हालसम्म १ करोड ४२ लाख २० हजार रूपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइसकेको जनाएको छ। ८ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रूपैयाँ दिनुपर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि हालसम्म १ करोड ४२ लाख २० हजार रूपैयाँ खेलाडीकै खातामा पठाइएको जानकारी दिएको हो। राखेपअन्तर्गतको आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रूपैयाँ वितरण गर्न बाँकी छ।
प्रकाशित: २२ वैशाख २०८० ०२:१३ शुक्रबार