२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पुरुष युगलको उपाधि भारतलाई

काठमाडौं- भारतका गुञ्जन जद्धाव र अर्थव शर्माको जोडीले नेपाल आइटिएफ जुनियर यू–१८ सर्किट १ टेनिस प्रतियोगितामा पुरुष युगलको उपाधि जितेका छन्। शुक्रबार गुञ्जन र अर्थवले चीनका पेनगुई लु र गुआङसेन विनको जोडीलाई ६–४, ७–६(२)को सोझो सेटमा हराउँदै उपाधिमा कव्जा जमाए।

यसैगरी महिला युगलको ट्रफी भने चीनकी चुन्झी गुओ र थाइल्यान्डकी पुननिन कोभापिटुकटेडको जोडीले जित्यो। महिला युगलको फाइनलमा चुन्झी र पुननिनको जोडीले चीनका ना डाङ र मिनगालाओ योङको जोडीलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरेका थिए। 

यसैगरी भारतका मुत्युञ्जय बाडोला र कविर मानराईले शुक्रबार सेमिफाइनलमा सफलता हासिल गर्दै पुरुष एकलको फाइनलमा एक–अर्काविरुद्धको फाइनल भिडन्त पक्का गरेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा मृत्युञ्जयले आफ्नै देशका अर्थव शर्मालाई ६–४, ६–४ को सोझो सेटमा हराउँदा कविरले पनि भारतकै पियुस एस सालिकारमाथि ६–१, ६–१ को सहज जित हासिल गरे।

महिला एकलको फाइनलमा चीनकी मिङक्विओ याङ र भारतकी बैदेही चौधरीले प्रतिस्पर्धा गर्ने छन्। शुक्रबार महिला एकलको सेमिफाइनलमा मिङक्विओले भारतकी सिवानी स्वरुप एन्जिललाई ७–६(३), ६–१ को सोझो सेटमा हराउँदा बैदेहीले भने चीनकी युजिया चेलाई ६–१, ६–३ ले सिकार बनाइन।

प्रकाशित: २९ माघ २०७३ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App