२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

जुनियर टेनिसमा भारतीय खेलाडी हावी

काठमाडौं– नेपालकी राष्ट्रिय च्याम्पियन मायंका राणा र उनकी बहिनी माहिकाको जोडीले मंगलबार अठार वर्ष मुनिको आइटिएफ जुनियर सर्किट वान प्रतियोगितामा भारतीय जोडी भैदेही चौधरी र सिवानीस्वरूपको इङलेलाई सोझो सेटमा नतिजा सुम्पेका छन्।

सातदोबाटोस्थित लन टेनिस कोर्टमा मंगलबार महिला यूगलमा नेपालका राणा दिदी–बहिनी भारतीय प्रतिद्वन्द्वसँग ६–४, ६–३ को सेटमा पराजित भएका थिए । त्यस्तै नेपालका एनी माथेमा र क्याथरिन माथेमाको जोडी चीनका चुङछी गुओ र थाइल्यान्डकी पुननिन कोभापितुकेडको जोडीसँग ६–०, ६–० को सोझो सेटमा पराजित भए ।

मंगलबार भएका २४ मध्ये १६ खेलमा भारतीय खेलाडीले विजयी नतिजा हात पारेका थिए । पुरुष एकल विधाका ४ मध्ये ३ खेलमा भारतीय खेलाडी विजयी भए । नेपालले खेलेका १२ मध्ये १ खेलमामात्र विजय हासिल गरेको थियो ।

पुरुष युगल अन्तर्गत नेपालका संरक्षकभुषण बज्राचार्य र हङकङका म्याथ्यू एइको जोडीले भारतका बंश भगतानी र मिचेल माथयोमचन्दको जोडीलाई पराजित गरेका थिए । संरक्षकभुषणको जोडी ६–४, ६–३ को सेटमा विजयी भएको थियो ।

पूरुष एकलमा भारतका आदित्य लाएरले नेपालका सौरभराज पाण्डेलाई ६–०, ६–० को सेटमा हराउँदा भारतकै पियुश एस सालकारले नेपालका प्रणव खनाललाई ६–१, ६–३ को सेटमा र अदर्श नागा तिपाभट्लाले नेपालका सक्षम कार्कीलाई ६–२, ६–१ ले पराजित गरे । पुरुष एकलमै पोल्यान्डका माइकल वोज्नलकले चीनका जुवाङलिन वेनलाई हराउन संघर्ष गुर्नप¥यो । वोज्नलकले ६–४, २–६, ६–३ को सेटमा विजय हासिल गरेका थिए ।

महिला एकलमा भने चीनका २ तथा भारत र जापनका १÷१ खेलाडीले विजयीा नजिता हात पारे । भातकी सारन्या गवारेले चीनकी चुङ्सी गुओलाई ६–१, ६–३ को सेटमा हराउँदा जापनकी मियो कोजाकीले चीनकै जिङ्घी वाङलाई ६–१, ६–१ को सेटमा हराइन् । चीनकी ना दोङले  भारतकी भव्या रेमिनेन्टलाई ६–४, ६–४ को सेटमा हराउँदा चीनकै युजिआवो चेले भारकी रिया उबोभेजालाई ६–२, ६–१ ले हराइन् ।

पुरुष युगलमा भारतका ५ जोडीले विजय हासिल गरे । मृतुन्जय बडोला र दिपिन बाडवाको जोडीले नेपालका विकेकशंकर श्रेष्ठ र भारतका अभनीत सिंहको जोडीलाई ६–०, ६–० को सेटमा हराउँदा भारतकै गुन्जन यादव र अथर्व शर्माको जोडीले नेपालका अभिनव आचार्य र सौरभराज पाण्डेको जोडीलाई ६–०, ६–० ले हरायो ।

चीनका गुवाङलिन वेन र यु लुन जिइको जोडीले जापनका रेओ लिजुमी र पोल्यान्डका माइकल वोज्नलको जोडीलाई २–६, ६–३, १४–१२ को सेटमा हराए । भारतका तिर्थ एस मचेरिया र कविर मनराजको जोडीले नेपालका सक्षम र भारतका प्रत्युस मोहन्तेलाई ६–३, ६–४ को सेटमा पराजित गर्दा भारतकै जैशभिन सिदना र आदर्श नाागको जोडीले नेपालका सम्यकभुषण बर्जचार्य र नन्दिश शाहको जोडीलाई ६–२, ६–१ को सेटमा हराए ।

चीनका पेग्यु लु र ग्वाङसेनको जोडीले नेपालका प्रणव खनाल र रेन्जेन लामाको जोडीलाई ६–४, ६–४ को सेटमा हराए। भारतका आदित्य र पियुस सुरेन्द्रको जोडीले अमेरिकाका अर्जुन मारियाप्पा र केली स्टोकरको जोडीलाई ६–४, ६–३ को सेटमा हराए।

प्रकाशित: २६ माघ २०७३ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App