२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

उपाधिका लागि नेपाल र युएई भिड्ने

एसीसी मेन्स प्रिमियर कप

कुवेतविरुद्ध ब्याटिङका लागि मैदान प्रवेश गर्दै नेपालका कुशल मल्ल (बायाँ) र कप्तान रोहित पौडेल। वर्षा सुरु भएसँगै त्रिपाल लिएर पिच छोप्दै कर्मचारीहरु। तस्बिर सौजन्यः क्यान

एसीसी मेन्स प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्ने भएका छन्।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा सम्पन्न कुवेतविरुद्धको सेमिफाइनल वर्षाका कारण रद्द भए पनि समूह चरणमा गरेको प्रदर्शनको आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो। नेपाल समूह ए को विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। यस क्रममा नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानमाथि ८४ र चौथो खेल कतारविरुद्ध ६८ रनले जितेको थियो।

नेपाल र साउदी अरेबियाबीच गत सोमबारका लागि तय तेस्रो खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले अंक बाँडेका थिए। समूह चरणमा अपराजित रहेको नेपालले ७ अंक जोडेको थियो।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा सम्पन्न कुवेतविरुद्धको सेमिफाइनल वर्षाका कारण रद्द भए पनि समूह चरणमा गरेको प्रदर्शनको आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो।

यता समूह बी को उपविजेताको रूपमा नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको कुवेतका लागि पहिलो खेलमा युएईलाई सुम्पिएको नतिजा महंगो साबित बन्यो।

पहिलो खेलमा युएईलाई नतिजा सुम्पिएको कुवेतले दोस्रो खेलमा बहराइन, तेस्रो खेलमा सिंगापुर र अन्तिम खेलमा हङकङलाई हराएको थियो। टस हारेर ब्याटिङका लागि आएको नेपाल २३.२ ओभरमा १४१-३ को स्थितीमा खेलिरहँदा वर्षाले पहिलो पटक खेल रोकिएको थियो।

वर्षा रोकिएपछि खेल ४५ ओभरमा झारिए पनि पुनः वर्षाले रोकेको थियो। अन्तत ४२ ओभरमा घटाइएको खेलमा नेपालले कप्तान रोहित कुमार पौडेलको ९४ रन मद्दतमा नौ विकेट क्षतीमा २ सय ८१ रनको योगफल खडा गरेको थियो। रोहितले ९५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

यता समूह बी को उपविजेताको रूपमा नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको कुवेतका लागि पहिलो खेलमा युएईलाई सुम्पिएको नतिजा महंगो साबित बन्यो।

त्यस्तै कुशल मल्लले ४४ बलमा ४ चौक ार ४ छक्कामद्दतमा ५७, ओपनर कुशल भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्कामद्दतमा ४३ तथा आसिफ शेखले २८ बलमा १ चौका र ३ छक्का मद्दतमा ३१ रन जोडे। कुशल भुर्तेल र आसिफले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए।

जितका लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेत ८.३ ओभरमा ३७-६ को स्थितीमा खेलिरहँदा वर्षाले पुनः खेल रोकिएको थियो।

नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चदै ५ विकेट लिएका थिए भने सोमपाल कामीले १ विकेट लिएका थिए। लगातारको वर्षाका कारण खेल सम्भव नभएपछि नेपालले समूह चणमा ल्याएको नतिजासँगै फाइनलको टिकट काटेको हो।

१० राष्ट्र सहभागी एसिसी प्रिमियर कपको विजेताले पाकिस्तानमा हुने एसिया कपको टिकट काट्नेछ। प्रतियोगिताको शीर्ष तीन टोलीले भने एसिसी इमिर्जिङ कपमा छनोट प्राबधान थियो।

जितका लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेत ८.३ ओभरमा ३७-६ को स्थितीमा खेलिरहँदा वर्षाले पुनः खेल रोकिएको थियो।

फाइनल प्रवेश गरेका नेपाल र युएईले एसीसी इमिर्जिङ कपमा स्थान बनाएका छन। नेपाल र युएईबीचको खेल सोमबार हुनेछ। आइतबार तेस्रो स्थानका लागि हुने खेलमा कुवेत र ओमान भिड्नेछन्। यस खेलको विजेताले इमिर्जिङ कपमा स्थान बनाउने छ।

शनिबार नै सम्पन्न खेलमा युएईले ओमानमाथि डिएल पद्दतीमा २ रनको रोमाञ्चक जितसहित फाइनलमा स्थान बनाएको हो। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा युएईले ओमानसामु २ सय ३६ रनको योगफल खडा गरेको थियो। ओमान ४३ ओभरमा १९०-६ को स्थितप्मा खेलिरहँदा वर्षाले खेल रोकिएको थियो। पुनः खेल सम्भव नभएसँगै युएईले डिएल पद्दतीमा २ रनको जितसहित फाइनलमा स्थान बनाएको हो।

प्रकाशित: १७ वैशाख २०८० ०४:४७ आइतबार

उपाधिका लागि नेपाल र युएई भिड्ने एसीसी मेन्स प्रिमियर कप