एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्धको खेलमा नेपालले २८१ रन बनाएको छ।
किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो।
वर्षाले प्रभावित भएपछि खेल ४२ ओभरमा छोट्याईएको हो। वर्षाको कारण दुई घण्टा ढिलो सुरु भएपछि खेल ८/८ ओभर घटाइएको हो। दुई जना बलरले मात्रै बढीमा ९/९ ओभर बलिङ गर्न पाउनेछन्।
नेपालका लागि सबै भन्दा वढि कप्तान रोहित पौडेलले ९५ बलमा ९४ रन बनाए। कुसल मल्लले ५७ , कुसल भुर्तेलले ४३ र आसिफ शेखले ३१ रन बनाए। आरिफ शेख १९ रनमा रन आउट भए।
भिम सार्की १ रनमा, सन्दीप लामिछाने ५रनमा ,करन केसी ७ रनमा तथा दिपेन्द्रसिंह ऐरी ० रनमा आउट भए। सोमपाल कामी १३ तथा ललितराजवंशी २ रनमा नट आउट रहे। कुवेतका लागि मोहमद अस्लाम र अन्दान इन्दीजले तीन तीन विकेट हात पारे। त्यसैगरी एसिन पटेल र साहेम मोनिवले एक एक विकेट लिए।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन्।कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ। पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ। जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ।
दोश्रो सेमिफाईनल खेल अन्र्तगत आजै मुलपानी क्रिकेट मैदानमा यूएई र ओमानबीच प्रतिस्पर्धा भईरहेको छ । ओमानले टस जितेर फिल्डीङ रोजेपछि यूएईले पहिला ब्याटिङगर्दै ४९ दशमलब २ ओभरमा २३६ रन बनाएको छ । जवाफमा ताजास्थीतीमा ओमानले २९ ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको छ । ओमानलाई जितको लागि अझै २१ ओभरमा १०७ रन बनाउँनु पर्नेछ ।
प्रकाशित: १६ वैशाख २०८० ०८:५८ शनिबार