२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एनवीएससी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेटकाे फाइनलमा

विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा  विभागिय टिम नेपाल पुलिसलाई हराउँदै घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ। विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो।

शनिबार लिगको अन्तिम खेलमा घरेलु टिम एनबीएससी भाग्यमानी बन्यो। एनबीएससीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १ सय ८७ रनमा समेटियो। पुलिसका सुनिल धमलाले ३७ बलमा ३ छक्का, ३ चौका हिर्काउँदै ४५ रन बनाए। अमित श्रेष्ठले २० बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ३३ रन पारी खेल्दा दिलिप नाथले २१ रन र शंकर रानाले २० रनको योगदान दिए। दिलिपले ९ बलमा ६ छक्का र २ चौका हिर्काए भने शंकरले १३ बलमा १ छक्का र २ चौका प्रहार गरे। प्रेम तामाङ्गले १५ बलमा २ छक्का र २ चौका हान्दै अविजित २७ रन पारी खेल्दा रोशनले १५ रनको योगदान दिए। पुलिसका अरु ब्याटरले दोहोरो अंक छुन नसक्दा लिगको अन्तिम खेलबाट बाहिरिन बाध्य भयो। 

एनबीएससीका विधान गोस्वामीकोे घातक बलिङसामु पुलिसका खेलाडी क्रिजमा टिक्न सकेनन्। उनले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। एनबीएससीका अलराउन्डर खेलाडी रवि शर्माले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। राहुल चौधरी, अुभव श्रीवास्तव र एमडीले समान १–१ विकेट लिए। 

यसअघि एनबीएससीले निर्धिारित २० ओभरमा ९ विकेट गुमाई १९० रनको विशाल योगफल खडा गरेको थियो। एनबीएससीलाई फाइनलमा पु¥याउन अलराउन्डडर खेलाडी रवि शर्माले विस्फोट ब्याटिङ र घातक बलिङ गरे। उनले ३६ बलमा ३ छक्का र ६ चौका हिर्काउँदै ५१ रनको अर्धशतकीय ईनिङ खेले। इमरान मलिकले २५ बलमा ४२ रन पारी खेल्दा मुकुन्द यादवले १७ बलमा अविजित २५ रनको योगदान दिए। इमरानले २ छक्का र ६ चौका प्रहार गरे। मुकुन्दले २ चौका प्रहार गरे ।

राहुल चौधरीले १० बलमा २२ रन, माइनकल कुमारले १२ बलमा अविजित २२ रनको योगदान दिए। बलिङमा पुलिसका मन्जित श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए। रसिद खान र ललित भण्डारीले समान २–२ विकेट लिए। रिसदले ४ ओभरमा ३३ रन खर्चे भने ललित भण्डारीले ४ ओभरमा ४० रन खर्चेका थिए।

 एनबीएससी लगातार तेस्रो जित निकाल्दै सुमह ‘ख’ मा ६ अंकसहित शीर्षस्थानमा रहेको छ। आइतबार हुने फाइनलमा उपाधिको लागि विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ। आर्मी समूह ‘क’ बाट तीन टिमलाई जित्दै फाइनलमा पुगेको हो।

प्रकाशित: २ वैशाख २०८० १३:२९ शनिबार

प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट