१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको लक्ष्य समाप्त

रूससँग ३-० ले पराजित भएसँगै शीर्ष स्थानमा बस्दै साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य समाप्त भएको छ।

तीन खेलमा दुई खेल गुमाएसँगै नेपालको यात्रा लिग चरणमा सीमित हुने निश्चित भएको हो।

प्रतियोगिताको पहिलो खेलमा भारतलाई ४–१ को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा भुटानलाई ५–० ले हराउँदै शीर्ष स्थानको सम्भावना कायम राखेको थियो। तर,नेपालले रूसविरुद्ध जितलयलाई निरन्तरता दिन सकेन।

पहिलो हाफमा रूसलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा ३ गोल खायो। ६५औं मिनेटमा कितान इलिना गोलिचको गोलमा रूसले अग्रता लिएको थियो। ७५औं मिनेटमा गोलिचले रूसको अग्रता दोब्बर पारिन्। ८३औं मिनेटमा पोलिना फिल्सिनाले रूसको अग्रता ३–० मा पु¥याएकी थिइन्।

नेपाल ३ खेलमा ३ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको रूसको ३ खेलमा ९ अंक छ भने दोस्रो स्थानको भारतको ३ खेलमा ६ अंक छ। तेस्रो स्थानको बंगलादेशको ३ खेलमा ६ अंक छ। पाँचौ स्थानको भुटानले ४ खेलमा अंक खाता खोल्न सकेको छैन।

आजै सम्पन्न खेलमा भारतले भुटानलाई ९–० ले हराएको थियो। नेपालले मंगलबार बंगलादेशविरुद्ध अन्तिम खेल खेल्नेछ। रूसले भने भारतको सामना गर्नेछ। 

प्रकाशित: १३ चैत्र २०७९ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App