२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

एसिया कप क्रिकेट खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ– एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

यही मङ्सिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् । टाेलीमा वैकल्पिक चार खेलाडी छन्। कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाएका छन्। त्यस्तै छनोट हुने खेलाडीहरुमा अभिनाश कर्ण, असिफ शेख, दीपेन्द्रसिंह ऐरी र सन्दीप सुनार छन् ।

त्यसैगरी रवीन्द्रजङ्ग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहव आलम, किशोर महतो, विक्रम भुसाल र सुशान्त थापा छनोटमा परेका छन् ।

अन्तरर्राष्ट्रिय क्रिकेट परिषद्को एसिया क्षेत्रका अधिकृत वेंकटपथी राजु मुख्य प्रशिक्षक जगत टमटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दासको छनोट समितिले उक्त टोलीको घोषणा गरेको हो। रासस

प्रकाशित: २० मंसिर २०७३ १२:०५ सोमबार

एसिया कप क्रिकेट खेलका लागि नेपाली टोलीको घोषणा