लन्डन–बेन उडबर्न क्लब इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बन्दै कीर्तिमान बनाएको दिन मंगलबार लिभरपुलले इङ्लिस लिग कपअन्तर्गत क्वार्टरफाइनलमा लिड्स युनाइटेडलाई २–० ले पराजित गरेको छ । १७ वर्ष ४५ दिन रहेका उडबर्नले ८१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । उक्त गोलसँगै उनले माइकल ओवेनलेबनाएको सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका हुन् । ओवेनले सन् १९९७मेमा विम्बल्डनविरुद्ध १७ वर्ष १ सय ४३ दिनको उमेरमा गोल गर्दै कीर्तिमान राखेका थिए ।
‘मबाट अर्को कीर्तिमान खोसियो, बधाई छ उडबर्नलाई । १७ वर्ष ४५ दिनमा लिभरपुल फुटबल क्लबबाट सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेकोमा,’ ओवेनले ट्विटरमा लेखेका छन् ।
गत शनिबार सम्पन्न प्रिमियर लिगअन्र्तगत सन्डरल्यान्डविरुद्ध २–० को जित्दा वैकल्पिक खेलाडी भएर मैदान छिर्दा सिनियर टोलीबाट डेब्यु गरेका उडबर्न क्लब इतिहासकै तेस्रो युवा खेलाडी बनेका छन् ।
हालै लिभरपुलबाट लामो समयको सम्झौतापत्रमा हस्ताक्षर गरेका सिस्राइनमा जन्मिएका उडबर्नवेल्सको यु–१९ अन्तर्राष्ट्रिय टोलीका खेलाडी भएपनि इङल्यान्डको सिनियर टोलीबाट भने खेल्न योग्य भइसकेका छैनन् ।
‘अहिल्यै स्टार जन्मिए भन्नु धेरै हतार हुनसक्छ । युवासमूहमा उडबर्नको उत्कृष्ट प्रदर्शन र गोलबाट उनी हेर्नलायक खेलाडी भएको संकेत गर्छ,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने,‘ड्रेसिङ रूममा सबै खुसी थिए । यो उनी र समग्र क्लबका लागिराम्रो क्षण हो ।’ उडबर्न र डिभोक ओरिगीको गोलमद्दतमा लिभरपुलले लगातार तेस्रोपटक लिग कपको सेमिफाइनल पक्का गरेको छ ।
क्लोपको प्रशिक्षणमा लिभरपुलले लिग कपका ९ मध्ये ७खेलमा विजय पाएको छ । सातांैपटक लिग कप उपाधि जित्ने क्लोपको लक्ष्य भने गतवर्षम्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि तुहिएको थियो ।
खेल हुनुपूर्व मंगलबार कोलम्बियामा जहाज दुर्घटनामा परे मृत्यु भएका ब्राजिलियन क्लब चोपेकोइन्जेका खेलाडी लगायत अन्य७६ जनाको सम्झनामा एक मिनेटमौनधारण गरिएको थियो भने लिभरपुलका खेलाडीले हातमा कालोपट्टि बाँधेका थिए । कुर्कुच्चाको चोटका कारण कौटिन्हो ५ साताका लागि मैदान बाहिर रहने भएपछि क्लोपले टोलीमा ८ खेलाडी परिवर्तन गरेका थिए । उनले युवा खेलाडी ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र ओभी इजारियालाई पनि टोलीमा समावेश गरेका थिए ।
पछिल्लो पटक सन् १९९६ मा लिगकपको सेमिफाइनल खेलेको दोस्रोश्रेणीको क्लब लिड्सका हाडी साक्कोले अफसाइड ट्रयाप बिट गर्दै प्रहार गरेको बललिभरपुलका गोलकिपर सिमोन मिग्नोलेटले बचाएका थिए । लिड्सले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।
विस्तारै खेलमा आफ्नो पकड बनाएको लिभरपुलले साडियो मानेको पासमा जर्जिन्हो विज्नाल्डमले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएपछि लिभरपुल अग्रता लिनबाट चुकेको थियो ।
७६ औं मिनेटमा आर्नाेल्डले दायाँ भागबाट गरेको क्रसमा गोल गर्दै बेल्जियन स्ट्राइकर ओरिगीले लिभरपुललाई अग्रता दिलाए। यस सिजनमा उनको यो चौथो गोल हो भने लिग कपमा तेस्रो हो । ६७ औं मिनेटमा वैकल्पिक खेलाडीकारूपमा मैदान छिरेका उडबर्न खेल सकिन ९ मिनेट बाँकी रहँदा लिभरपुलका लागि विजयी गोल गरेका हुन् ।
‘उडबर्न उत्कृष्ट युवा खेलाडी हुन् । उनले निकै राम्रो प्रदर्शन गरे । यो गोलले उनको आत्मविश्वास बढाएको छ,’ लुकासले भने । मंगलबारै अर्को खेलमा लिगमा रेलिगेसनबाट बच्न संर्घषरत हल सिटीले दोस्रो श्रेणीको न्युक्यासल युनाइटेडलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै पहिलोपटक लिग कपको अन्तिम चारमा स्थान बनाएको छ ।निर्धारित समय१–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
८९ औं मिनेटमा न्युक्यासलका जमाल लास्किलासलेलाई खराब फाउल गरेपछि हल सिटीका ड्युमिरिक मोवकानीले रातो कार्ड खाँदै बाहिरिएपछि टोली १० खेलाडीमा समेटिएको थियो । अतिरिक्त समयको आठांै मिनेटमा हल सिटीका पूर्व मिडफिल्डर मोहम्मद डायमीको गोलमा न्युक्यासलले अग्रता बनाएपनि हल सिटीका रोबर्ट सन्डग्रासले एक मिनेटपछि नै गोल फर्काउँदै खेल१–१ कोे बराबरीमा ल्याएका थिए ।
पेनाल्टी सुटआउटअन्र्तगत हल सिटीका गोलरक्षक इडेल जाकुपोभिचले न्युक्यासलका जोन्जो सिभ्लेको प्रहार बचाएभने ड्युट गेलको प्रहार क्रसबारमा लागेर फर्कियो । हलका योहान गोफरान्सले गोल गर्दै जित सुनिश्चित गरेका थिए । बुधबार म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा वेस्ट ह्यामको सामना गर्दा अन्तिम क्वार्टरफाइनलमा आर्सनलले साउथह्याम्पटनसँग खेल्दैछ ।
प्रकाशित: १६ मंसिर २०७३ ०४:४९ बिहीबार