१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

विराटनगरमा शनिबार देखि सुरु भएको प्रथम रेडमण्ड इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी (विसीसीए) ले ४ खेलको श्रृखलाको पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएसनलाई ९ विकेटले पराजित गरेको हो।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको खेलमा  टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई ६६ रनको सामान्य स्कोर बनाएको थियो।

भारतीय टोलीकालागि कप्तान रुतु भोस्लेले २० रन बनाउँदा दिक्षा सिंहले ११ रन बनाइन। नेपालकी अन्तर्राष्ट्रिय खेलाडी अस्मिता कर्मचार्यले ४ ओभरमा १ मेठन राख्दै ३ विकेट लिइन्।  उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन्। त्यस्तै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री, टिका साह, सवनम राई र कविता गौतमले १–१ विकेट लिइन्।

जवाफमा ६७ रनको झिनो लक्ष्य पछ्याएको विसिसिएले १० ओभरमा १ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो। विसिसिएका लागि नेपालकी विकेट किपर काजल श्रेष्ठले ३७ रनमा अविजित हुँदा अर्की अन्तर्राष्ट्रिय खेलाडी अपसरी वेगम ४ रनमा अविजित भइन्।

त्यस्तै अन्तर्राष्ट्रिय खेलाडी सम्झना खडकाले २१ रन बनाएर आउट भइन्। भारतकी मिनाक्षी कबदालले १ विकेट लिइन्।  चैत ७ गतेसम्म हुने प्रतियोगितामा विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको तर्फबाट नेपाली टोलीकी कप्तान रुबीना क्षेत्रीले कप्तानी गरेकी छिन्।

विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, अस्मिना कर्मचार्य, कविता गौतम, सानु राजवंशी लगायतका खेलाडी सहभागी थिए।

प्रकाशित: ४ चैत्र २०७९ १४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App