तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा उदयपुरको गाईघाट फुटबल क्लब पुगेको छ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा पर्साको वीगञ्ज युनाइटेड क्लबलाई उदयपुरको गाईघाट फुटबल क्लबले ४–२ गोलअन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ।
खेलको निर्धारित समयमा दुवै टोली गोल रहित खेलेपछि खेलको निर्णय टाइब्रेकरमा भएको हो। खेलको सुरुआती चरणबाट उदयपुरलाई दबाबमा राख्दै खेलेको पर्साले गोलका धेरै अवसर चुकाउँदा हार व्यहोर्नु पर्यो।
टाइब्रेकरमा गाईघाटका देवीराज चौधरी, रोशन भुजेल, प्रवीण राई र मनिष कटुवालले गोल गर्दै टोलीलाई सेमिफाइनमा पुर्याए। पर्साका लागि सिशाद थापा र विश्वास थापाले मात्र गोल गरे भने कृपा चौधरी र श्याम चौधरीको प्रहारलाई गोलरक्षकले निम छिरिङ शेर्पाले उत्कृष्ट बचाउ गरे। गाईघाटका गोलरक्षक शेर्पा म्यान अफ द म्याच भए।
१३ औं मिनेटमा पर्साका विवेक चौधरीले २५ यार्डदेखि गरेको प्रहार पोष्टमा लाग्दै बाहिरियो। ४१ औं मिनेटमा गाईघाटका तीर्थ राईले डिबक्सभित्रबाट गरेको प्रहार बाहिरियो। प्रतियोगिताको बुधबार पहिलो सेमिफाइनल खेल झापाको धु्रवतारा स्पोर्टिङ्ग क्लब र सहलेस यूवा क्लब सिराहाबीच हुनेछ।
प्रकाशित: ३० फाल्गुन २०७९ १३:२० मंगलबार