१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

इब्रहिमोभिच अमेरिका स्थानान्तरणको सोचमा

स्टोकहोम– म्यानचेस्टर युनाइटेडका फरवार्ड ज्वाल्टन इब्राहिमोभिचले मंगलबार सम्भावित अमेरिका स्थानान्तरणका लागि सोचिरहेको बताएका छन्।

‘युरोपमा मैले जुन सफलता पाएको देखिरहेको छु, अमेरिकामा पनि यसरी नै सफल हुने सोचिरहेको छु,’ स्विडेनका ३५ वर्षे फरवार्ड इब्राहिमोभिचले भने, ‘कतिपयले आफ्नो पुरै जीवन एकै स्थानमा बिताइदिन्छन् तर नेपोलियन (बोनापार्ट) जस्तै मैले पूरा युरोप घुमेको छु । मैले जति देश घुमेको छु त्यहाँ सफलता पनि पाएको छु ।’

सोमबार ११ औं पटक स्विडिस गोल्डेन बल अवार्डबाट सम्मानित भएपछि उनले थपे, ‘अब अर्को महादेश जान चाहन्छु र अमेरिकामा पनि सफलता दोहो¥याउन चाहन्छु ।’

देशबाट धेरै गोल गरेका इब्राहिभोभिचको सम्मानमा स्विडिस फुटबल एसोसिएसनले एक वर्षभित्र स्टोकहोमस्थित फ्रेन्ड्स एरिनामा शालिक स्थापना गर्ने जनाएको छ ।

इब्राहिमोभिचले पूर्व क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा जुन सफलता पाएका थिए युनाइटेडमा भने त्यो दोहो¥याउन सकेका छैनन् । तथापि उनले इङ्ल्यान्डमा पनि त्यही नतिजा दिनकोसिस गरिरहेको बताए ।

‘पिएसजीमा मैले राम्रो गरेको थिएँ । त्यसमा कुनै दुई मत छैन । हामीसँग राम्रो र बलियो टोली थियो त्यसैले वर्षैपिच्छे राम्रो गर्दै गएका थियौं,’ उनले थपे, ‘तर ती सबै विगत भए । यहाँ नयाँ अध्याय सुरु भएको छ । म त्यही सफलता यहाँ पनि दोहो¥याउने कोसिस गर्दैछु ।’

इब्राहिमोभिचलाई इङ्लिस प्रिमियर लिगमा भित्र्याउन प्रशिक्षक जोजे माउरिन्होको भूमिका प्रमुख रह्यो । इब्राहिमोभिचले आफू इङ्ल्यान्ड आउनुका एउटा कारण माउरिन्हो भएको प्रस्ट्याए। उनले भने, ‘म केही समयअघि मात्र युनाइटेड आएको हुँ । म जुन क्लबबाट आएँ युनाइटेड जस्तो राम्रो छैन।’

प्रकाशित: ८ मंसिर २०७३ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App