१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

जापानी टोली काठमाडौंमा

काठमाडौं- नेपाली फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल काकाजुयुकी तोडाको नेतृत्वमा १६ सदस्यीय‘जापानी फ्रेन्ड्स’ टोली बिहीबार नेपाल आइपुगेको छ।

मैत्री खेल शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) र कलरबाथले संयुक्त आयोजना गर्नेछ ।जापानी टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फाका सिइओ इन्द्रमान तुलाधर र कलरबाथ नेपालका प्रमुख गणेशलाल लामाले स्वागत गरेका थिए।

विमानस्थलमाकाजुयुकीले नेपाली फुटबलबारे आफू राम्रो जानकार नरहेको प्रतिक्रिया दिए। उनले नेपालीलाई टोली अनुशासित टोलीको रूपमा मात्र लिएको बताए।

‘नेपालको दुई खेल भिडियो क्लिपमा मैले हेर्ने मौका पाएको थिएँ। नेपाललाई मैले एक अनुसाशित टोलीका रूपमा पाएको छु,’काजुयुकीले ठट्टा गर्दै भने, ‘जापानी प्रशिक्षक भएका कारण यस्तो भएको हो।’ उनले सन् २००२ को विश्वकपमा जापानी राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।

एन्फा प्रवक्ता समेत रहेका तुलाधरले नेपालबाट कस्तो टोलीले खेल्नेबारे निर्णय नभए पनि सोलिडारिटी कप जितेकै टोलीले खेल्ने सम्भावना रहेको बताए। सोलिडारिटी कपफाइनलमा मकाउलाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको नेपाली टोली बुधबार मात्रै स्वदेश फर्केको थियो।

जापान फ्रेन्ड्स टोलीमा जापानी पूर्व राष्ट्रिय खेलाडी तथा जे लिग र विभिन्न देशमा व्यावसायिक फुटबल खेलेका खेलाडी छन्। नेपाल–जापान दौत्यसम्बन्धको ६० औं वर्षगाँठका अवसरमा मैत्री खेल हुन लागेको हो।

कलरबाथ नेपाल–जापानमा खेलकुद विकासका लागि सक्रिय संस्था हो। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने च्यारिटी खेलबाट संकलित रकम भूकम्प प्रभावित जिल्जाको खेलकुद विकास र विद्यालय पुनर्निर्माणमा खर्च गरिने कलरबाथका लामाले बताएका छन्।

जापानी टोलीले नेपाल बसाइका क्रममा जाइकाद्वारा निर्माण गरिएको धुलिखेलस्थित विद्यालय भ्रमण गर्ने र बालबालिकालाई प्रशिक्षण दिने कार्यक्रम छ। साथै भूकम्प प्रभावित विश्व सम्पदा सूचीका क्षेत्रको अवलोकन गर्नेछन्।

टोकियो ओलम्पिक २०२० प्रचारप्रसार गर्न जापानसरकारले ‘स्पोटर््स फर टुमरो’ कार्यक्रम संचालन गरिरहेकाले यसमा जापानको परराष्ट्र तथा शिक्षा मन्त्रालयको पनि साथ रहने लामाले बताए।

प्रकाशित: ३ मंसिर २०७३ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App