६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बेलको कीर्तिमानी गोलका बाबजुद रियल मड्रिड बराबरीमा

वार्सा–च्यम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र प्रिमियर लिग विजेता टोली लेस्टर सिटी आ–आफ्नो खेलमा बराबरीमा रोकिएका छन्। बुधबार राति लिजिया वार्साको घरेलु मैदानमा सम्पन्न समूह एफ अन्तर्गतको खेलमा रियल मिड्रड घरेलु   टोलीसँग ३–३ गोलको बराबरीमा रोकिएको हो। खेल सुरु भएको ५७ औं सेकेण्डमा नै गोल गर्दै ग्यारेथ बेलले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोल च्याम्पियन्स लिग इतिहासमै सर्वाधिक छिटो गोल हो। खेलको २० औं मिनेटमा करिम बेन्जिमादे गोल गर्दै रियलको अग्रता  दोब्बर पारेका थिए। खेलको ३५ औं मिनेटमा वार्साका भाडिस ओदजिडज आफाइले गोल गर्दा  पहिलो हाफको खेल २–१ मा सकिएको थियो।

तर, खेलको दोस्रो हाफमा घरेलु टोली वार्सा केही लयमा देखियो।  उसका रोडोभिकले ५८ औं मिनेटमा गोल गर्दै खेललाई २–२गालको बराबरीमा ल्याएका थिए। खेलको  ८३ औं मिनेटमा मुलानले गोल गर्दै घरेलु टोलीलाई ३–२ को अग्रता दिलाएका थिए। तर, त्यसको २ मिनेटपछि नै रियलका कोभासिसले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल ३–३ गोलको बराबरीमा सकिएको हो।

घरेलु टोली लिजिया वार्साका समर्थकले अघिल्लो खेलमा उपद्रो व्यवहार गरेको भन्दै उक्त खेल विना दर्शक खेलाइएको थियो। यस बराबरीपछि रियल मड्रिड ८ अंकसहित दोस्रो स्थानमा रहँदा जर्मन क्लब बोरुसिष्या डर्टमुन्ड १० अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ। यता समूह ई अन्तर्गतको खेलमा  टोटनह्याम बार्यन लिभरकुसनसँग १–० गोल अन्तरले पराजित भएको छ। बार्यन लिभरकुसनको जितमा खेलको ६५ औं मिनेटमा केभिन काम्पलले गरेको गोल नै निर्णायक साबित भयो। यस जितपछि बार्यन लिभरकुसन ६ अंकसहित समूहको दोस्रो स्थानमा उक्लिँदा मोनाको ८ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ। यता टाटनह्याम भने ४ अंक सहित तेस्रो स्थानमा रहँदा उसको नकआउट चरणको सम्भावनामा धक्का लागेको छ।

त्यस्तै च्याम्पियन्स लिग अन्तर्गत गए राती सम्पन्न समूह जि अन्तर्गतको खेलमा खेलमा प्रिमियर लिग विजेता टोली लेस्टर सिटी एफसी कोपनहेगनसँग गोलरहित बराबरीमा रोकिएको छ । यस बराबरीका बाबजुद लेस्टर १० अंकसहित समुहको शिर्ष स्थानमा रहेको छ भने एफसी पोर्टो ७ अंक सहित समुहको दोस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App