७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई युएईले दियो २ सय ८ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा युएईले नेपाललाई जितका लागि २ सय ८ रनको लक्ष्य दिएको छ।  

बिहिबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले २ सय ८ रनको लक्ष्य पाएकाे हो। टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनायो।

युएईका लागि आशिफ खानले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले। रोहम मुस्ताफले ३७ तथा कप्तान चुन्दंगापोयल रिजवानले २२ रन जोडे।  

त्यस्तै वृत्य अरविन्दले १८ रन जोड्दा अलिसान सारुफले २ रन जोडे।  

नेपालका लागि सन्दीपले तीन् विकेट तथा  करण केसीले, आरिफ सेख र कुशल मल्लले एक एक विकेट लिए।  

उक्त खेलमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्। मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेलेका हुन्।

अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्।  

सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्।

बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो।

लिग टुकोे अंक तालिकामा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ।  

युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ।

प्रकाशित: १८ फाल्गुन २०७९ ०९:३५ बिहीबार

आईसीसी विश्वकप क्रिकेट लिग–२