७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

युएई विरुद्ध नेपालः सन्दीपको दुई, आरिफ, करण र कुशलको एक/एक विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा घरेलु टोली यूएईविरुद्ध पहिले बलिङ गरिरहेको नेपालले ५ विकेट हात पारेको छ।

नेपालको लागि ३५ ओभर ३ बलमा यूएईका आशिप खानलाई सन्दीपले आउट गरेका हुन् भने ३६ ओभर ४ बलमा युएईका अलिसान सारुफलाई आरिफ सेखले स्टेम बोल्ड आउट गरेका हुन्।  

बिहिबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो।  

नेपालको लागि पहिलो ओभर ५ बलमा करण केसीले मुहम्मद वासिमलाई बोल्ड आउट गरेका हुन् भने सन्दीपले खेलको १३.४ ओभरमा अरविन्दलाई ब्यक्तिगत १८ रनमा आउट गरेका हुन्।  

त्यस्तै नेपालको लागि २४ ओभर ४ बलमा यूएईका कपतान सीपी रिजवानलाई कुशल मल्लले आउट गरेका हुन्।

नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।  

युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रकाशित: १८ फाल्गुन २०७९ ०८:३८ बिहीबार

आईसीसी विश्वकप क्रिकेट लिग–२