७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

देव खनालकाे अर्धशतकमा नेपालले युएईलाई दियो १९२ रनको लक्ष्य

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले युएईलाई  १९२ रनको लक्ष्य दिएको छ।  

युएईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि देव खनालले अर्धशतक प्रहार गरे। नेपालले ४८.५ ओभरमा  १० विकेट गुमाएर  १९१  रन जोडेको छ।  

कप्तान देव खनालले ८४ रनमा ५१ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का प्रहार गरे।  

त्यसअघि ओपनरद्वय दीपक बोहोरा ‘ए’ १ बलमै बिना रन आउट भए। अजुर्न कुमालले १५ बलमा ३ रन बनाएर आउट भए। आकाश त्रिपाटीले १३ बलमा ९ रन बनाएर आउट हुन पुगे।  त्यस्तै उत्तम रंगु थापा मगरले ४८ बलमा ३६ रन बनाएर आउट हुन पुगे। विशाल ब्रिकम केसीले ५० बलमा ३८ रन बनाएर आउट हुन पुगे। मिलन बोहोराले २१ बलमा १० रन बनाएर आउट भए भने शुबास भण्डारीले १० बलमा २ रन बनाएर आउट भए। त्यस्तै हेमन्त धामीले १३ बलमा १३ रन बनाएर आउट हुन पुगेका थिए।  

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।

नेपालले सन् २०१६ देखि यू–१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू–१० विश्वकप गुमाइसकको छ।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो। सन् २०१० मा छनोट हुन नसकेको नेपालले २०१२ को विश्वकप पनि खेलको थियो।  

प्रकाशित: १८ फाल्गुन २०७९ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App