९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

मनाङमाथि संकटाका सनसनी

चितवन- क्लब संकटाले शुक्रबारसशक्त प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको फाइनल सुरक्षित गरेको छ । कात्तिक १४ गते आइतबार हुने उपाधि भिडन्तमा संकटाले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार क्याम्पाचौर मैदानमा अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा संकटालाई जित दिलाउन असिमजंग कार्कीले निर्णायक गोल गरे । अतिरिक्त समयमा डीबक्सनजिकै पाएको फ्रि–किकमागोल गर्दैसंकटालाई उपाधि दाबेदार बनाएका छन् । निर्धारित ९० मिनेटमा दुवैले १–१ गोल गरेका कारण खेल टाइब्रेकरतिरधकेलिने धेरैको अनुमान थियो ।तर इन्जुरी टाइमको अन्तिम क्षणमा प्राप्त फ्रिकिकलाई असिमजंगले खेर फालेनन् ।

विजयी गोल गरेका उनी म्यान अफ दी म्याच हुँदै १० रुपैयाँ पुरस्कार पाउन सफल भए ।

खेलको पहिलो गोल ३१ औं मिनेटमा संकटाका लागि निराजन खड्काले गरेका थिए । मनाङ मस्र्याङ्दीका गोलरक्षक दिनेश यादवले सही अनुमान लगाउँदा नसक्दाबल उनकोनजिकैबाट पोस्टमा छिरेको थियो । संकटा एक गोलले अगाडिरहेपछि मनाङले आक्रामक खेल पस्किए पनि तत्कालै गोल फर्काउनसकेन । खेल सकिन १२ मिनेट बाँकी हुँदा ७८ औं मिनेटमा मनाङले बल्ल गोल ग¥यो । विश्वास श्रेष्ठको कर्नर प्रहारमा पोस्ट नजिक रहेका अफिज ओलावालेले गोल गरेका थिए । 

चितवनमा २०३१ सालदेखि हुँदै आएर बीचमा रोकिएकोविकास रनिङ सिल्ड विजेताले ३ लाख रुपैयाँ पुरस्कार जित्नेछ ।

प्रकाशित: १३ कार्तिक २०७३ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App