२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सन्दीपविरुद्धको मुद्दा बन्द इजलासमा सुनुवाइ हुँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतको बन्द इजलासमा अन्तिम सुनुवाइ हुँदै छ। सरकारी निवेदनमाथि सुनुवाइ सुरु गर्नुअघि सन्दीपका वकिलले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका थिए। उनको माग अनुसार उक्त मुद्दाको सुनुवाइ सुरु भएको हो।  

सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको फैसलाविरुद्ध सरकारले गरेको पुनरावेदन र सन्दीपले विदेश जान लगाइएको रोक हटाउन दिएको निवेदनमा एकसाथ सुनुवाइ हुने छ। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले दुई निवेदनमा सुनुवाइ गरिरहेको हो।

गत शुक्रबारको सुनवाइ खुल्ला इजलासमा गरिएको थियो। तर, आज सन्दीप पक्षका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्नुपर्ने माग गरेका थिए। लैंगिक हिंसासम्बन्धी मुद्दा बन्द इजलासमा सुनुवाइ गर्न सकिने प्रावधान छ।

प्रकाशित: १४ फाल्गुन २०७९ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App