१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तानको पकड

चित्तागोङ- इङल्यान्डलाई बंगलादेशविरुद्धको सबै टेस्ट जितेको किर्तिमान जोगाउन थप २ विकेट लिनु पर्नेछ भने घरेलु टोलीलाई एतिहासिक विजय हासिल गर्न थप ३३ रन जोड्नु पर्नेछ। इङ्ल्यान्डविरुद्धको ९ टेस्ट खेलमा पहिलो जितका लागि २ सय ८६ रनको लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको समाप्तीमा २५३–८ को स्थितीमा छ। डेब्यू गरेका सविर रहमान ५९ रन र तैजुल इस्लाम ११ रनमा बनाएर क्रिजमा छन्।

इङल्यान्डले २२८–८ को स्थितीबाट चौथो दिनको सुरुआत गरेको थियो। विहान करिब २० मिनेट ब्याटिङ गरेको इङल्यान्डले अघिल्लो दिनको स्कोरमा थप १२ रन जोड्दा सबै विकेट गुमाएको थियो। स्टुवार्ट ब्रोड १० रनमा रनआउट भए भने क्रिस वोएक्स १९ रनमा अविजित रहे। बंगलादेशका वाँया हाते स्पिनर सकिब अल हसन ८५ रन दिएर ५ विकेट लिए।

स्पिनरका लागि सहयोगी बनेको जहुर अहमद चौधरी रंगशालामा बंगलादेशका ओपनर तमिम इकबाल (९) र इमरूल कायस (४३)ले राम्रो शुरुआत दिएका थिए। इङल्यान्डका कप्तान एलेस्टर कुकले दुबै इन्डबाट स्पिनर बलरलाई प्रयोग गरे पनि ९ ओभरसम्म विकेट हात पार्न सकेका थिएनन्। १० औं ओभरको पाँचौ बलमा पहिलो विकेट लिनेक्रममा मोइन अलीले इकबाललाई ग्यारी ब्यालेन्सको हाट समाए।

वाँया हाते कायसले स्पिनरविरुद्ध खेल्न डराएनन्। स्विप सट पनि खेलेका कायसले ६१ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए। लन्चब्रेक हुनु केही समय अघि उनी लेग स्पिनर एडिल रशिदको बलमा जोए रूटको हातबाट समातिए।

२७ रन बनाएका मोमिनुल हाकुइ र १७ रन बनाएका महमुदुल्लाह गारेथ बाटीको बलमा एलविडब्लु आउट भए। कप्तान मुस्पि्ककर रहिमसँग पाँचौ विकेटका लागि ३२ रनको साझेदारी सकिव अल हसनले २४ रन बनाए। उनी अलीको बलमा आउट भएका थिए।

त्यसपछि मुस्पि्ककरले सविर रहमानसँग छैटौं विकेटका लागि ८७ रनको साझेदारी गरे। मुस्पि्ककरले ३९ रन बनाए। मेहदी हसन मिराज (१) र  कमरूल इस्लम रब्बी शुन्य रनमा ब्रोडको बलमा आउट भए।

इङ्ल्यान्डका बाटीले ३ विकेट लिए भने अली र ब्रोडको नाममा २–२ विकेट रह्यो। रसिदले १ विकेट लिए।

प्रकाशित: ८ कार्तिक २०७३ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App