५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरू

विराटनगरमा अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरू भएको छ। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय  ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरु भएको हो।

 बिहीबार  भएको खेलमा सत्यनारायण मा.वि. र सरस्वती मा.वि. विजयी भएका छन्। पहिलो खेलमा सत्यनारायणले बुढानीलकण्ठ स्कुललाई ७ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको बुढानीलकण्ठले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सबै विकेट गुमाई ५९ रनमा सीमित भयो। जस्मा अमित साहले सर्वाधिक १० रनको योगदान दिए। सत्यनारायणका म्यान अफ द म्याच आकाश यादव र विकाश कामतले ३–३ विकेट लिए। ६० रनको सामान्य लक्ष्य पाएको सत्यनाराणले ९ दशमलव ३ बलमा ३ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो। जस्मा महमद हरुनले १६ रनको योगदान दिए। बुढानीलकण्ठका कादिल यादवले २ विकेट लिए।

बिहीबार नै  भएको दोस्रो खेलमा सरस्वती माविले पाखरिया मा.वि. लाई  ७५ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५१ रनको  योगफल खडा गरेको थियो। जसमा राकेश खडकाले ३७ रन बनाउँदा साहिद शेखले ३२ रन र रामनारायणले ३१ रन बनाए। पोखरीयाका दिपराज चौधरी र सफर पोखरेलले १–१ विकेट लिए। १ सय ५२ रनको  लक्ष्य पछ्याएको पोखरियाले १६ ओभरमा सबै विकेट गुमाई ७६ रन मात्र बनायो। जसमा राहुल महतोले २९ रन बनाए। सरस्वतीका रोहन मण्डलले ४ विकेट लिँदा राकेश खडकाले ३ विकेट लिए। खेलको म्यान अफ द म्याच सरस्वतीमा अलराउण्डर खेलाडी राकेश खड्का घोषित भए।

लिग नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा संस्थागत  तथा सामुदायिक विद्यालय सहभागी रहेको   नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको बाल्मीकी, बुढानीलकण्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरीया, मनकामना र राइजिङ नेपालसहभागि रहेका छन्। प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ११ फाल्गुन २०७९ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App