मोन्टेभिडियो– ब्राजिल र उरुग्वेले विश्वकप २०१८ को दक्षिण अमेरिकी छनोटमा आफ्नो अग्रता कायम राख्ने क्रममा बिहीबार सहज विजय हासिल गर्दा चिलीले भने अर्को दूर्भाग्जयनक हार सामना गरेको छ । बार्सिलोनाका सुपरस्टार नेइमारले प्रेरणादायी प्रदर्शन गरेपछि ब्राजिलले नाटालमा बोलिभियामाथि ५–० को रवाफ जमायो । आफैले व्यक्तिगत अन्तर्राष्ट्रिय गोलसंख्या ४९ पु¥याउँदै ब्राजिललाई ११ औं मिनेटमा अग्रता दिलाएका नेइमारले थप दुई गोलको अवसर सिर्जना गरे । ब्राजिलका लागि थप गोल ग्याब्रिअल जिसस, फिलिप लुइज र लिभरपुलका खेलाडीद्वय फिलिप कौटिन्हो र रोबर्टो फिर्मिन्होले गरे ।
डुंगा बर्खास्तगीमा परेपछि ब्राजिली टोलीको जिम्मेवारी लिएका प्रशिक्षक टिटेको नेतृत्वमा ब्राजिलले सबै खेलमा विजय हासिल गरेको छ । तर बिहीबार यति सुधारिएको प्रदर्शन र जित आफूले समेत अपेक्षा नगरेको उनको भनाई थियो । ‘टिमले निकै मिहिनेत गरेको थियो । हामी उत्कृष्ट फुटबल खेल्न चाहन्थ्यौं । तर मैले यस्तो जित अपेक्षा गरेको थिइन । हामीले खेलाडीहरुलाई उनीहरुले क्लबमा खेल्ने गरेकै पोजिसनमा खेलाउने प्रयास ग¥यौं । त्यसले थप सहयोग पुग्यो,’ टिटेले भने ।
जितपछि ब्राजिल १८ अंकका साथ १० टोलीले राउन्ड रोबिन पद्दतिअनुसार प्रतिस्पर्धा गर्ने दक्षिण अमेरिकी छनोट प्रतियोगिताको दोस्रो स्थानमा कायम छ । मोन्टेभिडियोमा भेनेजुएलामाथि ३–० को नतिजा निकालेको उरुग्वे १९ अंकका साथ शीर्ष स्थानमा छ । क्विटोमा कोपा अमेरिका च्याम्पियन चिलीलाई ३–० को नतिजामा स्तव्ध पारेको इक्वेडर १६ अंकका साथ तेस्रो स्थानमा छ । समान १६ अंक भए पनि विश्वकपको क्वार्टरफाइनल पुगेको कोलम्बिया चौथो स्थानमा छ । इड्विन कार्डोनाले अन्तिम मिनेटमा गोल गरेपछि कोलम्बियाले पाराग्वेमाथि १–० को जित हासिल गरेको थियो ।
उरुग्वेले १० जनामा सिमित भएर खेलको अन्त्य गरेको भेनेजुएलामाथि जित हासिल गर्दा इडिन्सन काभानीले दुई तथा निकोलस लोडेइरोले एक गोल गरे । ओस्वाल्डो भिज्कारोन्डोले ६५ औं मिनेटमा दोस्रो पहेलो कार्ड सामना गरेपछि भेनेजुएलाले अन्तिम ३५ मिनेट १० जनामा सिमित भएर खेलेको थियो ।
उता एन्टोनियो भ्यालेन्सिया, क्रिस्टियन रामिरेज र फिलिप काइसेडोले गोल गरेपछि इक्वेडरले चिलीलाई निराश पा¥यो ।
सेप्टेम्बरको अन्तिम खेलमा भेनेजुएलासँग २–२ को बराबरीमा रोकिएको अर्जेन्टिनाले बिहीबार पेरुसँग पनि त्यही नतिजामा चित्त बुझाउँदा अर्को दुई अंक गुमायो । रामिरो फुनेस मोरीले १६ औं मिनेटमा गोल गरेपछि लिमा भ्रमणमा रहेको अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो । पहिलो हाफसम्म त्यो अग्रता कायम राख्न सके पनि जोसे पाउलो गुइरोरोले ५८ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल गरे । गोन्जालो हिग्विनले समय सकिन १२ मिनेट बाँकी रहँदा अर्जेन्टिनालाई दोस्रो पटक अग्रता दिलाए । तर क्रिस्टिया चुइभाले ८४ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिना लगातार दोस्रो खेलमा अंक बाढन बाध्य भयो ।
प्रकाशित: २२ आश्विन २०७३ ०४:४५ शनिबार