७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

पुष्पलाल स्मृति ब्याडमिन्टन: क्वाटरफाइनलमा पुलिसका प्रिन्स र आर्मीकी रसिला

१२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र आर्मीकी रसिला महर्जन प्रवेश गरेका छन्।

विराटनरस्थित सहिद रंगशालाको कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत शीर्ष १६ वरियतातर्फको पुरुष एकल लिगको समूह ‘बि’को खेलमा प्रिन्स दाहालले पुलिसकै जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगे। उनले आफ्नो समूहको तीनै खेलमा जितेका थिए । सोही समूहबाट उपविजेताको कास्कीका विधान अधिकारी क्वाटरफाइनल पुगे। विधानले एक जित र एक वाकओभर प्राप्त गर्दै दुई जितका साथ क्वाटरफाइनल पुगे।

त्यस्तै, पुरुषको समूह ‘ए’बाट नेपाल पुलिसका विष्णु कटुवालले २ खेलमा जित र एक वाकओभरका साथ तीन खेल जित्दै क्वाटरफाइनलमा पुगे। यस समूहबाट रुकेश महर्जनले पनि क्वाटरफाइनल पुगेका छन्। समूह ‘सि’बाट एपिएफका क्षीतिज खनाल विजेता र देवराज राना उपविजेता हुँदै क्वाटरफाइनलमा पुगे। क्षीतिजले तीनै खेल जितेका थिए। बुधबारको खेलमा क्षीतिजले देवराज रानालाई २१–१५, १८–२१, २१–१८ मा पराजित गरे। देवराजले दुई खेल जित्दै उपविजेता भए।

समूह ‘डि’मा आर्मीका प्रफुल महर्जन विजेता र नेपाल पुलिसका सुनील जोशीले उपविजेता हुँदै क्वाटरफाइनलमा पुगे। प्रफुलले तीन खेलमा जितेका थिए। महर्जनले जोशीलाई २१–६, २१–१३ ले पराजित गरे। सुनीलले दुई खेलमा जित निकालेका थिए। क्वाटरफाइनलको प्रतिस्पर्धाबाट बाहिरिएका आर्मीका नरेन्द्र बम र अनिल मल्लबीचको खेलमा बमले १६–२१, २१–१९, २१–१५ ले जिते।

त्यसैगरी, महिलातर्फ शीर्ष १२ वरियताको एकल खेलमा समूह ‘ए’बाट आर्मीकी रसिला महर्जन विजेता र पुलिसकी नीता लम्साल उपविजेता, समूह ‘बि’बाट आर्मीकी अमिता गिरी विजेता र एपिएफकी शोभा गौचन उपविजेता, समूह ‘सी’बाट आर्मीकी अनुमाया राई विजेता र एपिएफकी सुनयना मुखिया उपविजेता, समूह ‘डि’बाट एपिएफकी जेशिका गुरुङ विजेता र आर्मीकी प्राथना देउवा उपविजेताको हुँदै क्वाटरफाइनलमा पुगेका छन्।

आर्मीकी रसिलाले पुलिसकी नीतालाई २१–१४, २३–२१, आर्मीकी अमिता गिरीले एपिएफकी शोभा गौचनलाई १३–२१, २१–१५, २१–१५, आर्मीकै अनुमायाले एपिएफकी सुनयना मुखियालाई २१–१९, २१–७ र एपिएफकी जेशिका गुरुङले आर्मीकी प्राथना देउवालाई २१–१०, २२–२० ले पराजित गरे।  

प्रकाशित: ३ फाल्गुन २०७९ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App