६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

निहारिकाले राखिन् राष्ट्रिय कीर्तिमान

काठमाडौं- निहारिका तुलाधरले शुक्रबार सुरु एनएसए पौडी प्रतियोगिताकोमहिला ५० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छन्। निहारिकाले निर्धारित दुरी ३८.६ सेकेन्डमा पुरा गर्दै गौरिका सिंहको नाममा रहेको कीर्तिमान उछिनेकी हुन्।

ओलम्पियन गौरिकाले भारतको गुवाहटीमासम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा ३९.३३ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।

निहारिकाले कीर्तिमान बनाएको इभेन्टमा सोनिरा विष्ट पनि गौरिकाको कीर्तिमान उछिन्न सफल भइन्। दोस्रो भएकी सोनिराले ३९.६ सेकेन्ड र तेस्रो स्थानकी अक्षरा सिंहले ४४.५ सेकेन्डमा दूरी पार गरेका थिए।

पहिलो दिन शिरीष गुरुङले ४०० मिटर फ्रिस्टायलमा स्वर्ण जिते। उनले४ मिनेट ३९.३५ सेकेन्डमा दुरी पार गरे। दिवस मानन्धर दोस्रो र अनुभव सुब्बा तेस्रो भए। गर्ल्सको खुला २०० मिटर फ्रिस्टायलमा श्रृतिका सिंह पहिलो, टिसा शाक्य दोस्रो र डुअना लामा तेस्रो भए।

१०० मिटर ब्वाइज खुला बटरफ्लाइमा अनुभव सुब्बा पहिलो, विष्णु बडुवाल दोस्रो र विजय श्रेष्ठतेस्रो भए।

श्रृतिकाले १०० मिटर फ्रिस्टायलमा स्वर्ण जित्दा टिसा दोस्रो र डुअना तेस्रो भए। सोही इभेन्टको ब्वाइजमा दिवस पहिलो, अनुभव दोस्रो र नितिश मानन्धर तेस्रो भए।

२०० मिटर ब्रेस्टस्ट्रोकमा शुभम श्रेष्ठ पहिलो, किरण कार्की दोस्रो र रुपेश चौधरी तेस्रो भए। १०० मिटर ब्याकस्ट्रोकमा ओसिना भारती पहिलो, श्रृतिका दोस्रो र निहारिका तेस्रो भए।

२०० मिटर ब्याकस्ट्रोकमा दिवसले स्वर्ण, अनुभवले रजत र नासिर हुसेनले कांस्य जिते। २०० मिटर ब्रेस्टस्ट्रोकमा सोनिरा विष्ट विजेता हुँदा निहारिका दोस्रो र डुअना तेस्रो भए।

प्रकाशित: ८ आश्विन २०७३ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App