६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको खराब सुरुआत

बंगलादेशविरुद्ध गोल गरेपछि सहकर्मीसँग मनमाया दमाई (दायाँ)। तस्बिर सौजन्य: साफ

साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको छ।

खेलको सुरुआतबाटै बंगलादेशी खेलाडीको प्रहार रोक्नमा व्यस्त नेपाल खेलको तेस्रो मिनेटमा पछि परेको थियो। साहिदा अखेतर रिपाको लामो पासको सदुपयोग गर्दै स्ट्राइकर मोस्ट अक्लिमा खातुनले बंगलादेशलाई खेलमा अघि बढाएकी थिइन्।

१२औं मिनेटमा नेपालले दोस्रो गोल खायो। नेपालका रक्षकले क्लियर गर्न नसकेको बललाई कप्तान सामसुनहारले बंगलादेशका लागि दोस्रो गोल गरिन्।

२४औं मिनेटमा मनमाया दमाईको गोलमा नेपालले खेलमा फर्कने संकेत गरे पनि सफलता मिलेन। इन्जुरी समयको पहिलो मिनेटमा साहिदा अखेतर रिपाले गोल गर्दै जितलाई फराकिलो बनाएकी थिइन्।

शुक्रबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा भारतले भुटानमाथि १२-० को फराकिलो जित निकालेको थियो। भारत एक खेलबाट ३ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा ३ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। अंकविहीन नेपाल तेस्रो र भुटान चौथो स्थानमा छन्। नेपालले शनिबार दोस्रो खेलमा भुटानको सामना गर्नेछ। शनिबार नै हुने दोस्रो खेलमा भारत र बंगलादेश आमनेसामने हुँदै छन्। तेस्रो खेलमा भने नेपालले सोमबार भारतसँग खेल्नेछ। सोही दिन हुने अर्को खेलमा बंगलादेश र भुटान आमनेसामने हुनेछन्।

लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल फ्रेबुअरी नौमा हुनेछ। 

प्रकाशित: २१ माघ २०७९ ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App