६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

न्युएर जर्मनीका कप्तानमा नियुक्त

बर्लिन—  जर्मनी फुटबल  एसोसियसनले बार्यन म्युनिक तथा राष्ट्रिय टिमका गोलरक्षक म्यानुयल न्यु्एरलाई कप्तानको जिम्मेबारी दिएको  छ।

विश्वकप २०१४ को उपाधि हासिल गराउन सफल बास्टिएन स्वाइन्स टाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिएपछि ३०  वर्षीय  न्युएरलाई जर्मनीको फुटबलका कप्तानका रुपमा घोषणा गरिएको हो।

जर्मनी फुटबल एसोसिएसनले ट्विट गर्दै भनेको छ, ‘न्यु्एरले सन् २०१८ मा रसियामा हुने विश्वकपको छनोट खेलमा जर्मनीको नेतृत्व गर्नेछन्।'

न्युएरले जर्मनीलाई सन् २०१४ मा ब्राजिललमा सम्पन्न विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

उनले छनोट चरणअन्तर्गत आइतबार नर्वेविरुद्ध हुने खेलबाट कप्तानीको जिम्मेबारी सम्हाल्ने छन् ।

प्रकाशित: १७ भाद्र २०७३ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App