२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

तेक्वान्दोका रोशनलाई स्वर्ण

आयोजक जैसीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५–२८ केजी तर्फको फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे। भक्तपुरका शोभराज तामाङ र नागार्जुन नगरपालिकाका युवराज फुयाल तेस्रो भए। महिला २३–२६ केजीमा भक्तपुरकी जेनी जोशी पहिलो भइन्। जेनीले फाइनलमा बाह्रबीसे नगरपालिकाकी इभाना श्रेष्ठलाई हराइन्। गोदावरी नगरपालिकाकी सन्दना घिमिरे र आयोजक ‘ए’ की सुप्रिया जोशी तेस्रो बने। पुरुष ३१–३४ केजीमा काठमाडौं महानगरपालिकाका रोहन भुजेलले फाइनलमा तारकेश्वर नगरपालिकाका रोजन घलेलाई पाखा लगाउँदै स्वर्ण जिते। मध्यपुर नगरपालिकाका सुमन मोक्तान र बाह्रबीसेका मनीष थापाले कांस्य हात पारे।

पुरुष एकल पुम्सेमा गोदावरीका नीरव महर्जन पहिलो, महालक्ष्मी नगरपालिकाका आयुश मोटे दोस्रो तथा नीलकण्ठ नगरपालिकाका समीर तामाङ र ललितपुर महानगरपालिकाका विलबराज क्षत्री तेस्रो भए। उक्त स्पर्धाको महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा पहिलो, गोदावरीकी सरगम थापा दोस्रो तथा तारकेश्वरकी कुन्जिता गुरुङ र नीलकण्ठकी सुवानी तामाङ तेस्रो भए। प्रतियोगितामा विभिन्न २० स्पर्धामा ३ सय खेलाडीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

प्रकाशित: १४ माघ २०७९ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App