पोखरा- पोखरालाई बास्केटबलको गन्तव्य बनाउने उद्देश्यले पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल प्रतियोगिता हुने भएको छ। पोखरा रंगशालामा कात्तिक ४ देखि ६ सम्म प्रतियोगिता हुनेछ।
कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पाथिभरा ओभरसिजको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ४० वर्ष उमेर समूह माथिका पुरुष खेलाडी प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा विभिन्न जिल्लाबाट १२ टोली सहभागी हुने संयोजक नारायणप्रसाद शर्र्माले बताए।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ४४ हजार ४ सय ४४ र २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारदिइनेछ।
मुख्य प्रायोजक पाथिभराले प्रतियोगिताका लागि २ लाख रुपैयाँ सहयोग गर्नेछ।
भौगोलिक तथा आर्थिक रुपमा सुहाउँदो बास्केटबल खेललाई नगर, जिल्ला, क्षेत्रसम्म विस्तार गर्नप्रतियोगिता गरिएकोकास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए।
लामो समयसम्म बास्केटबल खेलिरहेका खेलाडीलाई सहभागी गराएर टिम तयार पारिने उनले बताए।
प्रकाशित: १२ भाद्र २०७३ ०४:१२ आइतबार