९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

एएसबिसी यु–२२ बक्सिङ: इन्द्रबहादुर क्वार्टरफाइनलमा

नेपालका बक्सर इन्द्रबहादुर सुनारले थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा बुधबार क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

बैंककमा भएको प्रिक्वार्टरफाइनलमा इन्द्रले पुरुष ५७ केजी तौलसमूहमा लाओसका बक्सर सोक्साखुनलाई ५–० अंकको आधारमा हराएका हुन्। इन्द्रले क्वार्टरफाइनलमा मंगोलियाका गन्तुमार लुन्डाविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। यस च्याम्पियनसिपमा महिला र पुरुषमा समान ३÷३ गरी कुल ६ बक्सरले नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्दै छन्। बिहीबार नै महिलातर्पm ४८ केजीमा सुश्मा तामाङले भियतनामकी बक्सर क्युनहानसँग र महिलाकै ५७ केजीमा हेमा राईले सिंगापुरकी बक्सर चौउजिमिन बेर्नेससँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै पुरुष ८६ केजी तौलसमूहमा विजय बाटाले र महिला ८१ केजी तौल समूहमा त्रिशा जबेगु सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यी दुवै खेलाडीले बाई पाएर सेमिफाइनलमा स्थान बनाएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी दिए। उनीहरूले आगामी जनवरी २२ मा सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा विजयले इन्डोनेसियाका बक्सर मोसकिता माइकल र त्रिशाले काजखकिस्तानकी बक्सर एरजन गुल्सायविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। पुरुषको ४८ केजी तौलसमूहमा नेपालका लालप्रसाद उप्रेतीले फिलिपिन्सका बक्सर दुरेन्टमार्क लेफ्चरसँग आगामी शुक्रबार क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। यस च्याम्पियनसिपमा गोन्झाउ एसियाडका कांस्य पदक विजेतासमेत रहेका दीपक महर्जन र सन्दीप श्रेष्ठले नेपाली टोलीको प्रशिक्षण समालिरहेका छन्।  

प्रकाशित: ५ माघ २०७९ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App