२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

सुनील र आरिसको जोडीलाई स्वर्ण

चौथो मेयर कप रात्रिकालीन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनील महर्जन र आरिस महर्जनको जोडीले स्वर्ण पदक जितेको छ। उक्त जोडीले शुक्रबार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेको थियो।  

यो नतिजासंगै १३ वटा स्वर्ण पदक रहेको प्रतिस्पर्धामा वडा नम्वर १६ ले १ स्वर्ण, एक रजत र ४ कांय जित्दै टिम च्याम्पियन बन्ने बाटोमा अगाडि रहेको छ। वडा १९, १२ र ३ ले एक, एक स्वर्ण जितेका छन्। ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हःखद्वारा संयुक्त रूपमा आयोजित  

प्रतियोगिताअन्तर्गत भएको ६० वर्षमाथि उमेरसमूहमा वडा नम्बर १९ का भेट्रान खेलाडी जगदीश्वरप्रसाद जोशीले वडा १६ का आनन्द धाख्वालाई ३–१ को सेटमा पराजित गरी स्वर्ण पदक जिते।

प्रकाशित: ३० पुस २०७९ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App