१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सन्दीप लामिछाने धरौटीमा रिहा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धरैटीमा रिहा भएका छन्।  

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा भएको उच्च अदालत पाटनका सूचना अधिकृत  देवेन्द्र पौडेलले बताएका हुन्।  

न्यायाधीश धुव्रराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हाे। उच्च अदालत पाटनका सूचना अधिकृत देवेन्द्र पौडेलका अनुसार उनलाई १० सर्तमा रिहा गरिएकाे छ। 

लामिछाने आज केन्द्रीय कारागारमै बस्ने छन्। कारागारले लामिछानेलाई शुक्रबार मात्र छाड्ने बताएकाे छन्।  

जबरजस्ती करण मुद्दामा लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाएपछि उनी त्यसका विरुद्ध उच्च अदालत पाटन गएका थिए। गत कार्तिक १८ गते काठमाडौँ जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।

प्रकाशित: २८ पुस २०७९ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App