९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

झापामा कबड्डी खेल्ने क्रममा एक खेलाडीको ज्यान गयो

झापाको दमकमा कबड्डी खेल्दाखेल्दै एक खेलाडीको मृत्यु भएको छ। मृत्यु हुने कबड्डी खेलाडी सङ्खुवासभाको भोट खोला गाउँपालिका-४ स्थायी घर भएका १८ वर्षीय लाप्चक भोटे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दमक-४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दै घाइते भएका भोटे सिभिल इन्जिनियरिङका विद्यार्थी हुन्।

खेल सुरु भएको ३ मिनेटमा बेहोस भएको उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित गोदावरी हस्पिटलमा लगिएको थियो।

गोदावरीमा उपचार सम्भव नभएपछि तत्कालै बिर्तामोडस्थित बिएण्डसी हस्पिटल रेर्फर गरिएको थियो। उनलाई उपचारका लागि बिर्तामोडतर्फ लाँदैगर्दा गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। भोटे जिल्लास्तरीय खेलाडी रहेका थिए। प्रतियोगितामा उनी टिम क्याप्टेन रहेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २१ पुस २०७९ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App