१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पेलेले अमेरिकालाई दिएको साहस

 क्लिभ टोय १९७१ मा जमैकाको भ्रमणमा रहेका थिए। उनी बिना जानकारी रेजा ब्वाइव विरुद्धको मैत्रीपूर्ण खेलको लागि जमैका भ्रमणमा रहेको ब्राजिली क्लब सान्तोसका खेलाडी बसेको होटलमा प्रवेश गरेका थिए। त्यहाँ पेले स्विमिङ पुलको छेउमा बसिरहेका थिए। न्युयोर्क कसमसका म्यानेजर टोयले त्यो बेला चालेको एक कदम अमेरिकी फुटबल इतिहासमा सधैँ यादगार बन्यो।

‘तिमी युभेन्ट्स, रियाल मड्रिड वा अन्य कुनै क्लब जाऊ,तिमीले सहजै च्याम्पियन्स लिगको उपाधि जित्न सक्छौ। तर अरू मानिसले सक्दैनन्,’ ९० वर्षका टोयले पेलेसँगको भेटबारे स्मरण गर्दै भने, ‘तिमी हाम्रो क्लबमा आउनुपर्‍ यो। तिमी अमेरिका आयौ भने एउटा क्लबले मात्र होइन सारा देशले जित्नेछ। अमेरिकाको खेलकुदलाई तिमीबाहेक अरू खेलाडीले माथि लान सक्दैनन्।’

टोयले चार वर्षको अन्तरमा पेलेसँग दर्जनौ पटक भेद्दै क्लबको सम्झौता प्रस्ताव स्वीकार गर्न आग्रह गरिरहे। अन्ततः पेले १९७५ मा कसमसमा सम्झौता गर्न तयार भए। उनले करिब साढे दुई वर्ष अमेरिकामा व्यावसायिक फुटबल खेले। जसको बलमा अमेरिकाले १९९४ को विश्वकप आयोजनाका लागि दाबी गर्ने साहस बटुलको थियो। उनको अमेरिका यात्राले मात्र त्यो विश्वकप अमेरिकाले आयोजना गर्न पाएको चर्चासमेत चलेको थियो। त्यसको दुई वर्षपछि त्यहाँ मेजर लिग सकरको सुरुआत भएको थियो। जुन अहिले पनि केही शीर्ष खेलाडीको रोजाइ बन्ने गरेको छ।  

‘सम्भवतः विश्व खेलकुदमा दुई जना मात्र यस्ता खेलाडी छन् जसले खेलकुदलाई परिवर्तनको संवाहकका रूपमा प्रमाणित गरेका छन्,’ एमएलएसका कमिस्नर डन गार्बरले बिहीबार ८२ वर्षको उमेरमा पेलेको निधनपछि भनेका थिए, ‘एक जना मोहम्मद अली हुन् भने अर्का पेले।’

कसमसको मैदान ३ हजार ५ सय ७८ दर्शक सिट क्षमता थियो तर १९७४ मा पेलेको आगमन पक्का भएसँगै सो क्षमता १० हजार ४ सय ५० पुर्‍ याइएको थियो। १९९५ मा पेलेको खेल हेर्नका लागि मैदानबाहिर पनि त्यति नै समथेक मैदान आसपास जम्मा भएको बताइएको थियो।  

कसमसले १९७६ मा मैदानमा दर्शक सिट क्षमता १८ हजार २ सय ६७ र पेलेको अन्तिम सिजनमा ३४ हजार १ सय ४२ सिट क्षमता पुर्‍ याएको थियो। पेलेको आगमनले अमेरिकाको खेलकुदले पनि गति लिएको थियो र टोयलाई अमेरिकी फुटबल संघका कुर्ट लामले पनि दरिलो साथ दिएका थिए।

पेलेले १९५८, १९६२ र १९७० गरी तीन पटक विश्वकप जितेका थिए। तीन पटकका एक मात्र विश्वविजेता पेलेलाई अमेरिका लैजाने तयारी गरिए पनि अमेरिकामा भने यो खेलको लोकप्रियताले त्यति उचाइ लिइसकेको थिएन। ‘अमेरिकामा धेरै मानिस फुटबलको बारेमा सोध्यो भने के हो फुटबल भनेर जबाफ फर्काउँथे,’ टोयले भने, ‘हामी भने उनीहरूलाई विश्वकपको बारेमा सोध्थ्यांै र उनीहरूको जबाफ हुन्थ्यो के हो विश्वकप भनेको ? पेलेको आगमनपछि मात्र अमेरिकीले फुटबल र विश्वकपबारे बुझे भन्दा फरक पर्दैन।’  

३४ वर्षका पेलेले कसमसबाट लगातार ६४ खेल खेल्दै ३७ गोल गरेका थिए। उनी अमेरिकामा फुटबलको लोकप्रियता बढाउन धेरैभन्दा धेरै अन्तर्वार्ताका साथै प्रोमोसनल भिडियोहरूमा समेत देखिए।

‘अमेरिकाको फुटबल आज जहाँ छ त्यहाँसम्म पुग्ने विन्दुको सुरुआत कसमसले गरेको हो,’ अमेरिकी फुटबल संघका पूर्वअध्यक्ष एलान रोथेनबर्गले भने। १९९४ को विश्वकपमा उनी प्रतियोगिता आयोजना प्रमुख थिए।

‘पेलेको आगमनअघि अमेरिकामा मेजर लिग बास्केटबल, एएफएल, एनबिए, कलेज फुटबल र कलेज बास्केटबल मात्र हुने गर्दथ्यो।

एनएएलएलले नै अमेरिकी फुटबलमा नयाँ युगको सुरुआत गरायो, गार्बरले भने, ‘मानिसको जीवनमा खेलकुदको महŒवपूर्ण अर्थ हुन्छ। अमेरिकी जनाताले पेलेको आगमनपछि विश्वकप आयोजनाको सपना देखेका थिए र त्यो पूरा पनि भयो। अमेरिकी खेलकुद अझ भनौ फुटबललाई यहाँसम्म पुर्‍ याउने काम पेलेले नै गरेका थिए।’

प्रकाशित: १८ पुस २०७९ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App