७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल टि२० क्रिकेट लिगमा विराटनगरको पहिलो जित

तस्बिर नेपाल टि२० फेस बुक पेज

नेपाल टि२० क्रिकेट लिगमा विराटनगर सुपर किंग्सले पहिलो जित दर्ता गरेको छ।  

आज क्रितिपुर क्रिकेट मैदानमा विराटनगरले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो।जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १७दशमलब ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। 

विराटनगरका हुसेन तालत ले ५० , विवेक यादवले   १५ तथा  अर्जुन साउद ले  २५ रनमा बनाए। कप्तान आन्द्रे म्याकार्थी ३३ बलमा १ चौकासहित २१ रनमा आउट भए। रोहित पौडेल ५ र पृथु बाँस्कोटा १५ रनमा आउट भए।पोखराका कुशल मल्लले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। शरद भेषावकरले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो। खेल निर्धारित समय भन्दा केहि ढिलो सुरु हुँदा एक ओभर घटेको थियो। पहिलो खेल लुम्बिनी अल स्टार्स र फार वेस्टबीचको खेल सुपर ओभरमा पुगेको हुनाले खेल ढिलो गरी शुरु भएको हो। 

पोखराका कुशल मल्लले  सर्वाधिक ३८ रन बनाए।सुमित महर्जन ले  १२ ,आसिफ शेख १०  तथा  कप्तान उपुल थरंगाले  १९ रन बनाउँदै आउट भए।सिद्धान्त लोहनीले  २६ रनमा बोल्ड भए।  विराटनगरका हुसेन तालत र राज रोक्कीले दुई दुई विकेट लिए। 

नन्दन यादव, आन्द्रे म्याकार्थी र साहब आलमले एक एक विकेट लिए।लुम्बिनी ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ। 

काठमाडौं ३ खेलमा २ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ। जनकपुर रोयल्स ३ खेलमा २ मा जित र १ मा हारसहित ६ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ।

प्रकाशित: १३ पुस २०७९ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App