१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

वेल्सलाई हराउँदै पोर्चुगल युरोकपको फाइनलमा

लियोन- पोर्चुगलले वेल्सलाई हराउँदै युरोकप २०१६ को फाइनलमा प्रवेश गरेको छ। लियोनमा गएराति सम्पन्न पहिलो सेमिफाइनलमा पोर्चुगलले वेल्सलाई २-० गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५०औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए। उनले कर्नरमा प्राप्त बललाई हेड गर्दै जाली चुमाएका थिए।

त्यसको तीन मिनेटपछि नै रोनाल्डोको पासमा नानीले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल पोर्चुगलले २-० गोलले जित्दै आफ्नो फाइनल यात्रा सुनिश्चत गर्‍यो।

पोर्चुगल युरोकपको फाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो। यसअघि पोर्चुगल आफ्नो घरेलु मैदानमा भएको युरोकप २००४ को फाइनलमा प्रवेश गरेको थियो। जहाँ ऊ फाइनलमा ग्रिससँग १-० गोलले पराजित भएको थियो।

आइतबार राति पेरिसमा हुने फाइनलमा पोर्चुगलले आयोजक फ्रान्स र जर्मनीबीचको विजेतासँग खेल्नेछ।

 

प्रकाशित: २३ असार २०७३ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App