६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आन्द्रे म्याकार्थीले फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी गर्ने

आन्द्रे म्याकार्थीले नेपाल टि–२० क्रिकेट लिगमा फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी गर्ने भएका छन्।

विराटनगरले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै वेस्ट इण्डिजका ब्याट्सम्यान आन्द्रे म्याकार्थीले विराटनगर सुपर किङ्सको कप्तानी गर्ने जनाएको हो। विराटनगरले म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टिम समेत घोषणा भएको छ। 

विराटनगरले प्रतियोगिताका लागि जर्सी समेत सार्वजनिक गरेको छ।  पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ। यो लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन्। कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ।

विराटनगरको टिममा:

नेपाली खेलाडीमाः– रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव,शाहब आलम,अमर सिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदीप सिंह ऐरी,पृथु बास्कोटा, रिजन ढकाल रहेका छन्।

विदेशी खेलाडीमाः– सिकन्दर राजा, हुसेन टुट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप, राज रोक्की नानन रहेका छन्। 

प्रकाशित: ६ पुस २०७९ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App