१६ चैत्र २०८० शुक्रबार
खेल

फिफा विश्वकपका क्वाटरफाइनल खेल आजबाट

कतारमा जारी फिफा विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरु शुरु हुँदैछन्।  

शुक्रबार दुई क्वाटरफाइनलका खेलहरु हुनेछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिष्पर्धा हुनेछ। एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे शुरु हुनेछ। यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुनेछ। लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ। अर्जेन्टिना र नेदरल्याण्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन्।

प्रकाशित: २३ मंसिर २०७९ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App