coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोर्चुगललाई पहिलो हाफमा २-० काे अग्रता

 फिफा विश्वकप २०२२ अन्तर्गत राउण्ड अफ १६ को जारी खेलमा पोर्चुगलले पहिलो हाफमा स्विट्जरल्याण्डविरुद्ध २ गोलको अग्रता बनाएको छ ।

कतारको लुसेल आईकोनिक स्टेडियममा बुधबार बिहान भइरहेको राउण्ड अफ १६ अन्तर्गत स्विट्जरल्याण्डविरुद्धको पहिलो हाफमा पोर्चुगलले २–० गोल अन्तरको अग्रता बनाएको हो ।                    पोर्चुगलका लागि गोन्चालो रामोस र कप्तान पेपेले एक एक गोल गरे ।                                                      पोर्चुगलका लागि खेलको १७औं मिनटमा गोन्चालोले गोल गर्दै पोर्चुगलको खाता खोलेका थिए भने  खेलको ३३औं मिनटमा पेपेले सुन्दर हेडर गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए थिए।   गोन्चालो क्रिष्टियानो रोनाल्डोको स्थानमा शुरुवाती ११ मा खेलेका हुन्।

साथै  ३९ वर्षिय पेपे फिफा विश्वकपमा सबेभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी समेत बनेका छन् ।

प्रकाशित: २० मंसिर २०७९ १९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App